News Portal

रेडियो सुन्नुहोस्

महोत्सवको रौनक बढ्दै, धमाधम स्टल बुकिङ

बिबश जि एम०२ फागुन २०७९
७१८ पटक
०२ फागुन २०७९

स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ को तयारी अन्तिम अवस्थामा पुगेको आयोजकले जनाएको छ । महोत्सवका लागि आवश्यक तयारीहरु तिव्र गतिमा भइरहेको छ । प्यूठान नगरपालिका ४ स्थित गणतान्त्रिक खेलकुद मैदान क्षेत्रमा स्टलहरु तयार पारिएको छ ।
महोत्सवको लागि दुई सय ५० स्टलहरु बुकिङ भइसकेको प्यूठान उद्योग बाणिज्य संघका पे्रस सल्लाहाकार बिजयसिहं भारतीले बताए । महोत्सवमा ५० प्रतिशत स्टल जिल्ला भित्रकालागि छन्, भने ५० प्रतिशत जिल्ला बाहिरकाको लागि तयारी भएको भारतीले जानकारी दिए । जिल्ला भित्रको लागि तयार पारिएका स्टलहरुमा स्थानीय उत्पादनमा कृषि उपजसँग संम्बन्धित कृषि तथा लघु उद्यममा आधारित स्थानीय उत्पादनालाई बढि प्राथमिकता दिइएको छ ।


स्थानीय उत्पादन तर्फ टिमुर, हलेदो, मह, आलु लगायतको प्रदशनि हुने छ । यस्तै लघु उद्यम तर्फ चोया, चित्रो, डल्स, दालमोठ, साबुन, अचार समेत महोत्सवमा पाउन सकिने आयोजकले बताएको छ । यसपालिको महोत्सवमा प्यूठान उद्योग बाणिज्य संघका सदस्यहरुलाई २५ प्रतिशत छुट भएको कारण महोत्सवमा स्थानीय व्यापारीको आकर्षण बढेको छ । होटल तथा स्थानीय परिकार सहित दुना, टपरी र लोकल परिकार लाइ प्रोत्साहन दिइने भएको छ ।
महोत्सव स्थलमा जम्मा २ दुई ५० स्टल रहेका छन् । यस मध्य २ सय वटा व्यापारीक स्टल बुकिङ भइसकेको छ । बाँकी ५० वटा स्टलहरु आयोजकले स्थानीय उत्पादन लाई प्रोत्साहान नर्गको लागि निःशुल्क प्रदान गर्नेगरि सुरक्षीत राखेको जनाएको छ । महोत्सवको बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले उद्घाटन गर्नेगरि तयारी पूरा भइसकेको महोत्सव मुल आयोजक समितिका संयोजक पशुपतीनारायण नकर्मीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...