News Portal

रेडियो सुन्नुहोस्

सम्वृद्धीका लागि उत्पादनमा जोड दिनुपर्छः मुख्यमन्त्री गिरी

झुलेनी पोष्ट०४ फागुन २०७९
९२५ पटक
०४ फागुन २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आम जनता उत्पादनमा नलागे सम्म देश सम्बृद्ध नहुने बताएका छन् । बीहिरबार प्यूठान उद्योग बाणिज्य संघले आयोजना गरेको स्वर्गद्धारी प्यूठान पाँचौ महोत्सव २०७९ को उद्घाटन सत्रमा प्रमुख अतीथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘देशमा राजनीतिक परिवर्तन भएका छन् । अव आर्थिक परिवर्तन गरेर देश सम्वृद्धिमा लग्नुपर्ने वेला आएको छ,’उनले भने, ‘यसको लागि विदेश जाने जनसक्ति स्वदेशमै कृषि कर्ममा लाग्नुपर्छ’ ।

प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याएर उत्पादन बढाउने निति अख्यिारी गर्नेतर्फ लागेको गिरीले बताए । प्यूठानमा कृषि उत्पादन हुने भूमि राम्रो भएकाले प्रदेशका अन्य १२ जिल्लामा नमुना देखाउने गरि काम गर्न सकिने बताए ।

‘जिल्लामा भित्रने गाडिहरुमा सामान ल्यारमात्र जिल्ला सम्बृद्ध हुन सक्दैन । उताबाट आएका गाडिहरुमा माल पठाउनेगरि उत्पादन गर्नपर्छ,’ उनले भने ।
प्यूठान जिल्लासंगको सम्बन्ध नजिकको भएकाले बिकास निर्माणको हरेक क्षेत्रमा आफू सहकार्य गर्न तयार रहेको उनले बताए ।

कार्यक्रमा प्यूठान प्रदेश सभा १ का सासद तथा लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यबस्थापन मन्त्री तुल्सिराम शर्माले आफू किसानको छोरा भएकाले कृषि क्षेत्रमा देखिनेगरी काम गर्ने प्रतिबद्धता जनाए । ‘हामीले किसानलाई राहत पुग्ने कार्यक्रम बनाउदै छौ,’उनले भने, ‘किसानहरुमा पनि केहि गर्ने हुटहुटी जाग्नुपर्छ ।’

प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष पशुपतिनाराण नकर्मीको अध्यक्षतामा भएको कार्यक्रको सञ्चालन संघका महासचिब शन्देश आचार्यले गरेका थिए ।

अतीथिहरुलाई स्वागत उपाध्यक्ष प्रमोद पोख्रेलले गरेका थिए । कार्यक्रमा झण्डै दर्जन अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए । गणतान्त्रीक खेलकुद मैदानमा बिहिबारदेखि सुरुभएको महोत्सव फागुन १४ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

जिल्लामा रहेका विभिन्न प्रस्तुती देखाउदै

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...