News Portal

रेडियो सुन्नुहोस्

सम्वृद्धीका लागि उत्पादनमा जोड दिनुपर्छः मुख्यमन्त्री गिरी

झुलेनी पोष्ट०४ फागुन २०७९
२६६ पटक
०४ फागुन २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आम जनता उत्पादनमा नलागे सम्म देश सम्बृद्ध नहुने बताएका छन् । बीहिरबार प्यूठान उद्योग बाणिज्य संघले आयोजना गरेको स्वर्गद्धारी प्यूठान पाँचौ महोत्सव २०७९ को उद्घाटन सत्रमा प्रमुख अतीथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘देशमा राजनीतिक परिवर्तन भएका छन् । अव आर्थिक परिवर्तन गरेर देश सम्वृद्धिमा लग्नुपर्ने वेला आएको छ,’उनले भने, ‘यसको लागि विदेश जाने जनसक्ति स्वदेशमै कृषि कर्ममा लाग्नुपर्छ’ ।

प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याएर उत्पादन बढाउने निति अख्यिारी गर्नेतर्फ लागेको गिरीले बताए । प्यूठानमा कृषि उत्पादन हुने भूमि राम्रो भएकाले प्रदेशका अन्य १२ जिल्लामा नमुना देखाउने गरि काम गर्न सकिने बताए ।

‘जिल्लामा भित्रने गाडिहरुमा सामान ल्यारमात्र जिल्ला सम्बृद्ध हुन सक्दैन । उताबाट आएका गाडिहरुमा माल पठाउनेगरि उत्पादन गर्नपर्छ,’ उनले भने ।
प्यूठान जिल्लासंगको सम्बन्ध नजिकको भएकाले बिकास निर्माणको हरेक क्षेत्रमा आफू सहकार्य गर्न तयार रहेको उनले बताए ।

कार्यक्रमा प्यूठान प्रदेश सभा १ का सासद तथा लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यबस्थापन मन्त्री तुल्सिराम शर्माले आफू किसानको छोरा भएकाले कृषि क्षेत्रमा देखिनेगरी काम गर्ने प्रतिबद्धता जनाए । ‘हामीले किसानलाई राहत पुग्ने कार्यक्रम बनाउदै छौ,’उनले भने, ‘किसानहरुमा पनि केहि गर्ने हुटहुटी जाग्नुपर्छ ।’

प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष पशुपतिनाराण नकर्मीको अध्यक्षतामा भएको कार्यक्रको सञ्चालन संघका महासचिब शन्देश आचार्यले गरेका थिए ।

अतीथिहरुलाई स्वागत उपाध्यक्ष प्रमोद पोख्रेलले गरेका थिए । कार्यक्रमा झण्डै दर्जन अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए । गणतान्त्रीक खेलकुद मैदानमा बिहिबारदेखि सुरुभएको महोत्सव फागुन १४ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

जिल्लामा रहेका विभिन्न प्रस्तुती देखाउदै

 

प्रतिकृया दिनुहोस्

जिल्ला अस्पताल विजुवारको विद्युत समस्या हलहुने (भिडियो सहित)

जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका...

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...