News Portal

रेडियो सुन्नुहोस्

लघुवित्त र चर्को व्याजदर विरुद्व प्यूठानमा विरोध प्रदर्शन

झुलेनी पोष्ट२०७९ फागुन १५ प्यूठान
५४८ पटक
२०७९ फागुन १५ प्यूठान

चर्को व्याजदर, लघुवित्त र मिटर व्याज विरुद्ध प्यूठानमा विरोध प्रदर्शन गरिएको छ ।

सोमबार नेपाल कम्युनिष्ट पाटी (विप्लव समुह)ले विरोध र्‍याली सहित कोणसभा गरेको छ । नेपाल कम्यूनिष्ट पाटिका केन्द्रीय सदस्य तथा पाटिका जिल्ला इन्चार्ज जागृतीको नेतृत्वमा जुम्री बजारदेखि विजुवार बजारसम्म विरोध र्‍याली  सहित विरोध सभा गरेको हो ।

उक्त पार्टीका कार्यकर्ताले वित्तिय संस्थाको चर्को शोषण अन्त्य गर, राष्ट्रिय उद्योगी र व्यपारीलाई राहत दे, मिटर व्याजीलाइ कार्वाही गर , लघुवित्तको ज्यादती बन्दगर, एक अंकको व्याजदर लागुगर , पीडित जनताको व्याज मिनाहा गर , बढ्दो मंहगी अन्त्य गर जस्ता प्लेकार्ड बोकि विरोध प्रदर्शन गरेका थिए ।
पार्टीको केन्द्रीय निति अनुसार जिल्लामा पनि कार्यक्रम गरेको नेपाल कम्यूनिष्ट पाटिका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जागृतिले बताएका छन साथै उनले चर्को व्याजदर  र लघुवित्तको ज्यादती अन्त्य गर्न पार्टी निरन्तर खबरदारीमा लाग्ने बताएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...