News Portal

रेडियो सुन्नुहोस्

लघुवित्त र चर्को व्याजदर विरुद्व प्यूठानमा विरोध प्रदर्शन

झुलेनी पोष्ट२०७९ फागुन १५ प्यूठान
८३२ पटक
२०७९ फागुन १५ प्यूठान

चर्को व्याजदर, लघुवित्त र मिटर व्याज विरुद्ध प्यूठानमा विरोध प्रदर्शन गरिएको छ ।

सोमबार नेपाल कम्युनिष्ट पाटी (विप्लव समुह)ले विरोध र्‍याली सहित कोणसभा गरेको छ । नेपाल कम्यूनिष्ट पाटिका केन्द्रीय सदस्य तथा पाटिका जिल्ला इन्चार्ज जागृतीको नेतृत्वमा जुम्री बजारदेखि विजुवार बजारसम्म विरोध र्‍याली  सहित विरोध सभा गरेको हो ।

उक्त पार्टीका कार्यकर्ताले वित्तिय संस्थाको चर्को शोषण अन्त्य गर, राष्ट्रिय उद्योगी र व्यपारीलाई राहत दे, मिटर व्याजीलाइ कार्वाही गर , लघुवित्तको ज्यादती बन्दगर, एक अंकको व्याजदर लागुगर , पीडित जनताको व्याज मिनाहा गर , बढ्दो मंहगी अन्त्य गर जस्ता प्लेकार्ड बोकि विरोध प्रदर्शन गरेका थिए ।
पार्टीको केन्द्रीय निति अनुसार जिल्लामा पनि कार्यक्रम गरेको नेपाल कम्यूनिष्ट पाटिका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जागृतिले बताएका छन साथै उनले चर्को व्याजदर  र लघुवित्तको ज्यादती अन्त्य गर्न पार्टी निरन्तर खबरदारीमा लाग्ने बताएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...