News Portal

रेडियो सुन्नुहोस्

“सबैले बिपदको पुर्व तयारी गर्न आवश्यक छ” नगर प्रमुख योगि

झुलेनी नेटवर्कचैत ०४ २०७९
६८१ पटक
चैत ०४ २०७९

प्यूठान नगरपालिका नगरप्रमुख बिष्णु बहादुर योगिले सबैले बिपदको पुर्व तयारी गर्न आवश्यक रहेको बताए ।

आयुष्मा होटल जुम्रीमा आयोजित समुदायमा आधारित बिपद् जोखिम ब्यवस्थापन सम्बन्धि ३ दिने तालीमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नगर प्रमुख योगिले विपद कहिल्यै पनि बाजा बजाएर नआउने भएकाले यसको पुर्व तयारी गर्न जरुरी रहेको बताए ।
साथै जिल्लामा घट्ने जुनसुकै बिपदका घटनाहरुलाई न्युनिकरण गर्न जिल्ला स्थितिसम्पुर्ण सरोकारवाला निकायहरुलाई एक्यवद्ध भएर लाग्न सुझाब दिए । सबै निकायहरुले बिपद प्रतिकार्य योजना बनाएर अगाडि बढे बिपद पिडितहरुको घाउमा मलम लगाउन सकिने उनको भनाइ छ।
योगिले प्यूठान नगरपालिकाका हरेक क्षेत्रहरूमा घट्ने बिपदका घटनाहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानका सभापति गुमान राज पुलामीको अध्यक्षतामा सुरु भएको तालिमको प्रमुख अतिथि प्यूठान नगरपालिका नगर प्रमुख बिष्णु बहादुर योगि, बिशेष अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठान का मन्त्री दामोदर शर्मा, प्युठान नगर पालिका ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठ, ५ नं वडा अध्यक्ष नन्दे पुन मगर लगायतको उपस्थित थियो ।
त्यस्तै तालिममा प्युठान नगरपालिका ३ र ५ मा गठन गरिएको जिबावती सामुदायिक बिपद ब्यवस्थापन समिति, लाली गुराँस सामुदायिक बिपद ब्यवस्थापन समिति, लिस्ने सामुदायिक बिपद ब्यवस्थापन समिति, नेपाने सामुदायिक बिपद ब्यवस्थापन समितिका कार्यसमिति बाट ६र६ जना गरि २४ जना सहभागी रहेका थिए ।
यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामिले जिल्लामा रहेका सबै स्थानीय तहहरुमा रेडक्रस विशुद्ध सामाजिक संस्था भएका कारण सबै यो संस्थामा जोडिन आग्रह गरे ।
त्यस्तै उनले यो आर्थिक बर्षमा प्यूठान नगरपालिकाको ३ र ५, नौबहिनी गाउँपालिकाको ३ र ५ मा गरिएको कार्यक्रम आगामी आर्थिक बर्षमा सबै पालिका स्तरका वडाहरुमा कार्यक्रम संचानल गरि अगाडि बढाउने बताए ।

तालिम समुदाय स्तरमा घट्ने जोखिमपुर्ण घटनाहरुलाई कसरी न्यूनीकरण गर्न सकिन्छ र प्राकृतिक प्रकोप बाट घट्नसक्ने सम्भावना रहेका क्षेत्रहरुको पहिचान गरि आपतकालीन घटनाहरु लाई न्यूनीकरण गर्ने बिषयमा आधारित रहेर तालिम संचालन गरिएको थियो ।

चेतनामुलक कार्यक्रमहरु गरि आगलागी, बाढी पहिरो, नदि कटान लगायत समुदाय स्तरमा भइ परि आउने समस्याहरुको पुर्ब तयारीका साथ अगाडि बढने तालिमको मुख्य उदेश्य रहेको थियो ।

प्रशिक्षणमा तालीम सयोजक भबिराम भण्डारी, सरोज थापा कार्यक्रम सयोजक, फिल्ड सुपरभाइजर शैलेन्द्र श्रेष्ठले तालिम अवधिभर प्रशिक्षण दिएका थिए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानको आयोजना तथा जापानीज रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा  बिहिवार देखि आयुस्मा होटेल जुम्रीमा सुरु भएको समुदायमा आधारित बिपद् जोखिम ब्यवस्थापन सम्बन्धि ३ दिने तालीम शनिबार आज सम्पन्न भएको हो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...