News Portal

रेडियो सुन्नुहोस्

झुलेनीको ट्याङकीले मेटिएला माझकोटवासीको पानी प्यास ?

झुलेनी नेटवर्क२०७८ चैत ०६ प्यूठान
३३३ पटक
२०७८ चैत ०६ प्यूठान

लामो समयको प्रतिक्षापछि प्यूठान नगरपालिका ६, माझकोटस्थित झुलेनीमा ३ लाख ५० हजार लिटर पानी संकलन गर्नेगरि ट्याङकी निर्माण भएको छ । प्रदेश सरकारको बजेटमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठान मार्फत ठेक्का भएर ट्याङकी निर्माण भएको हो ।

लिप्ट प्रविधिमार्फत पानी तानेर साविकको माझकोट गाविसका झण्डै पाँच सय घरधुरीलाई पानीको प्यास मेटाउनेगरि (माझकोट घाय झुलेनी लिप्ट खानेपानी योजना) निर्माणको काम अगाडि बढाईएको छ । माझकोटको झुलेनी र गुरुङ्गगाउँमा दुई स्किम बनाएर योजना निर्माण भइरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानका ईन्जिनियर खगेन्द्र खत्रीले जानकारी दिए ।

१२ करोड लागत (स्टिमेट) रहेको योजना क्रमागतरुपमा बजेट आएर काम भइरहेको छ । यसवर्ष झुलेनीमा (पावर नेपाल कन्सल्ट एण्ड कन्स्ट्रक्सन प्रा.लि. काठमाडौले) ठेक्का पारेर झुलेनीको (ट्याङकी ) निमाण पूरा भएको खत्रीले बताए । उपभोत्ता समिति मार्फत गतवर्ष घाय र गुरुङगाउँमा एक-एक वटा लिफ्टीङ ट्याङकी निमार्ण भइसकेका छन् ।

दुबै स्थानमा बिद्युतलाइन बिस्तार, बिच–बिचमा साना ट्याङकी निर्माण लगायतका काम बाँकी छन् । बर्सेनि थोरै-थोरै आउने बजेटका कारण योजना पूरा गर्न समस्या भइरहेको कार्यालयले जनाएको छ । पानीको सधै समस्या हुने बाक्लो बसोवास रहेको माझकोटमा निर्माण भइरहेको खानेपानी योजनाले माझकोवासीको खानेपानीको प्यास मेटाउने आसा स्थानीयले गरेका छन् ।

‘माझकोटको सबैभन्दा अग्लो स्थान झुलेनीमा ट्याङकी बन्दै छ,’ खानेपानी उपभोक्ता समितिका सचिब बालाराम केसीले भने, ‘यो योजनाले माझकोटवासीको पानीको प्यास मेटाउने आसा गरेका छौं ।’

प्रतिकृया दिनुहोस्

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक बिजुवारमा सम्पन्न

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ ।...

८१ वर्षिय वृद्धलाई बिस्तारामै लगेर गए वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता

मल्लरानी गाउँपालिका –३ मुन्डाँडा निवासी ८१ वर्षिय दुर्गाबहादुर पौडेलले विस्तारामै सामाजिक सुरक्षा भत्ता पाएका छन...

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका...

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...