News Portal

रेडियो सुन्नुहोस्

झुलेनीको ट्याङकीले मेटिएला माझकोटवासीको पानी प्यास ?

झुलेनी नेटवर्क२०७८ चैत ०६ प्यूठान
८९१ पटक
२०७८ चैत ०६ प्यूठान

लामो समयको प्रतिक्षापछि प्यूठान नगरपालिका ६, माझकोटस्थित झुलेनीमा ३ लाख ५० हजार लिटर पानी संकलन गर्नेगरि ट्याङकी निर्माण भएको छ । प्रदेश सरकारको बजेटमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठान मार्फत ठेक्का भएर ट्याङकी निर्माण भएको हो ।

लिप्ट प्रविधिमार्फत पानी तानेर साविकको माझकोट गाविसका झण्डै पाँच सय घरधुरीलाई पानीको प्यास मेटाउनेगरि (माझकोट घाय झुलेनी लिप्ट खानेपानी योजना) निर्माणको काम अगाडि बढाईएको छ । माझकोटको झुलेनी र गुरुङ्गगाउँमा दुई स्किम बनाएर योजना निर्माण भइरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानका ईन्जिनियर खगेन्द्र खत्रीले जानकारी दिए ।

१२ करोड लागत (स्टिमेट) रहेको योजना क्रमागतरुपमा बजेट आएर काम भइरहेको छ । यसवर्ष झुलेनीमा (पावर नेपाल कन्सल्ट एण्ड कन्स्ट्रक्सन प्रा.लि. काठमाडौले) ठेक्का पारेर झुलेनीको (ट्याङकी ) निमाण पूरा भएको खत्रीले बताए । उपभोत्ता समिति मार्फत गतवर्ष घाय र गुरुङगाउँमा एक-एक वटा लिफ्टीङ ट्याङकी निमार्ण भइसकेका छन् ।

दुबै स्थानमा बिद्युतलाइन बिस्तार, बिच–बिचमा साना ट्याङकी निर्माण लगायतका काम बाँकी छन् । बर्सेनि थोरै-थोरै आउने बजेटका कारण योजना पूरा गर्न समस्या भइरहेको कार्यालयले जनाएको छ । पानीको सधै समस्या हुने बाक्लो बसोवास रहेको माझकोटमा निर्माण भइरहेको खानेपानी योजनाले माझकोवासीको खानेपानीको प्यास मेटाउने आसा स्थानीयले गरेका छन् ।

‘माझकोटको सबैभन्दा अग्लो स्थान झुलेनीमा ट्याङकी बन्दै छ,’ खानेपानी उपभोक्ता समितिका सचिब बालाराम केसीले भने, ‘यो योजनाले माझकोटवासीको पानीको प्यास मेटाउने आसा गरेका छौं ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...