News Portal

रेडियो सुन्नुहोस्

आहा ! नौकुलोले दिदै छ किसानलाइ खुसी

झुलेनी नेटवर्क२०७९ चैत्र १४ प्यूठान
७४६ पटक
२०७९ चैत्र १४ प्यूठान

प्यूठान नगरपालिका १, २ र ३ वडाका स्थानीयले लाभलिने विजयनगरको नौकुलो सिँचाइ योजना निमार्ण पूरा हुँदै छ ।

बर्षौ पहिले स्थानीयले श्रमदानगरेर निर्माण गरेको कुलो प्रदेश सरकारको लागतमा पक्किभएपछि यस क्षेत्रका किसानले चाहेको समयमा खेतबारीमा सिंचाइ गर्न पाउने छन् ।
कुलो निर्माणको काम लगभग अन्तिम अवस्थामा पुगेको छ ।

सिँचाइ डिभिजन कार्यालय बिजुवार मार्फत ३ करोड ४० लाख ४४ हजार ३ सय १४ रुपैपाँ ३ पैसामा योजना निर्माण गर्ने ठेक्का आँशु निर्माण सेवा प्यूठानले पाएको छ ।

२०८१ साल असार २९ मा सक्नपर्ने कुलोको काम निर्माण व्यवसायीले एक वर्ष पहिलेनै निर्माण पूरा गर्न थालेका छन् ।

समयअगावै कुलो निर्माणको काम पूरा हुन थालेकोमा स्थानीय किसान उत्साहित छन् ।

‘यसवर्ष हिउँदभर निर्माणको काम चलेकाले सिँचाइ गर्न पाएनौ,’प्यूठान नगरपालिका ३ का किसान दामोदर गौतमले भने,‘मुहानदेखिनै पक्कि कुलो बारी छेउमै आइपुगेको छ ।’

सिचाइको राम्रो व्यबस्था हुने भएपछि यस क्षेत्रका किसानहरुबीच तीनखेति गर्नेबारे सरसल्लाह हुन थालेको गौतमले बताए ।
नौकुलो निर्माणको भौतिकप्रगति ८० प्रतिशत सम्पन्न भएको कार्यालयले जनाएको छ ।

ठेक्का भएर कुलो समयमै निर्माण पूरा हुन थालेपछि स्थानीय हर्षित भएको उपभोक्ता समितिका अध्यक्ष मधुसुदन शर्माले बताए ।

शर्माका अनुसार कुलोले १ हजार ५ सय रोपनी क्षेत्र जग्गा सिँचाइ गर्छ । प्यूठान नगरपालका ३ को बिजयनगर स्थित जुम्री खोलो कुलोको मुहान हो ।

यहाँ देखि ३ किलो मिटर प्यूठान नगरपालिका २ हुँदै १ दाखाक्वाडीसम्म कुलोले सिँचाइ सुविधा पु¥याउछ । कुलो निर्माणमा कार्यालय र स्थानीयवासीको सहकार्यका कारण योजना एक वर्ष पहिलेनै सम्पन्न हुन थालेको निर्माण व्यवसायी बालाजु श्रेष्ठले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...