News Portal

रेडियो सुन्नुहोस्

मिडियाकर्मि र स्वास्थ्यकर्मि बिच स्वास्थ्य प्रवर्द्दन सेवा सम्बन्धी पैरबी कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क
६२९ पटक

स्वास्थ्य निर्देशानालय लुम्बिनी प्रदेशको आयोजनामा सञ्चारकर्मी र स्वास्थ्य कर्मीहरुसंग स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको छ । बुधवार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरत कुवरले स्वास्थ्य प्रवद्र्धन सेवा बारे जानकारी गराएका थिए ।

शारीरिक, मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्य भएपछि मात्र मानिस स्वस्थ हुने कुवरले बताए । घर, समुदाय, खाना, पीउने पानी, सास फेर्ने हाबा, काम गर्ने कार्यक्षेत्र र स्वस्थकर व्यवहार राम्रो भएमा मात्र मानिस बिरामी परेर अस्पताल र क्लिनिकहरुमा धाउन नपर्ने उनको भनाइ थियो ।

स्वस्थ जीवन शैलीबारे प्रचारात्मक कार्यक्रमहरु कम प्रथामिकतामा परेका कारण नसर्ने रोगहरु बढ्दै गएको बताउदै उनले स्वास्थ्य सेवा प्रवद्र्धन सम्बन्धी पैरवी गर्न सबैको जोड दिनुपर्ने उनको भनाई थियो ।

ग्रामिण क्षेत्रमा सडक यातायात र भौतिक पुर्वाधारको विकासले मात्र समुन्नत समाज निर्माण नहुने भन्दै त्यसका लागि स्वास्थ्य क्षेत्रमा लगानी हुनुपर्ने कार्यक्रमका सहभागिहरुको जोड थियो ।

यसैबीच कार्यक्रमा प्यूठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द घिमिरेले प्यूठान नगरपालिका भित्रको स्वास्थ्य क्षेत्रका बिभिन्न सूचकहरुबारे जानकारी गराएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...