News Portal

रेडियो सुन्नुहोस्

मिडियाकर्मि र स्वास्थ्यकर्मि बिच स्वास्थ्य प्रवर्द्दन सेवा सम्बन्धी पैरबी कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क
१७२ पटक

स्वास्थ्य निर्देशानालय लुम्बिनी प्रदेशको आयोजनामा सञ्चारकर्मी र स्वास्थ्य कर्मीहरुसंग स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको छ । बुधवार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरत कुवरले स्वास्थ्य प्रवद्र्धन सेवा बारे जानकारी गराएका थिए ।

शारीरिक, मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्य भएपछि मात्र मानिस स्वस्थ हुने कुवरले बताए । घर, समुदाय, खाना, पीउने पानी, सास फेर्ने हाबा, काम गर्ने कार्यक्षेत्र र स्वस्थकर व्यवहार राम्रो भएमा मात्र मानिस बिरामी परेर अस्पताल र क्लिनिकहरुमा धाउन नपर्ने उनको भनाइ थियो ।

स्वस्थ जीवन शैलीबारे प्रचारात्मक कार्यक्रमहरु कम प्रथामिकतामा परेका कारण नसर्ने रोगहरु बढ्दै गएको बताउदै उनले स्वास्थ्य सेवा प्रवद्र्धन सम्बन्धी पैरवी गर्न सबैको जोड दिनुपर्ने उनको भनाई थियो ।

ग्रामिण क्षेत्रमा सडक यातायात र भौतिक पुर्वाधारको विकासले मात्र समुन्नत समाज निर्माण नहुने भन्दै त्यसका लागि स्वास्थ्य क्षेत्रमा लगानी हुनुपर्ने कार्यक्रमका सहभागिहरुको जोड थियो ।

यसैबीच कार्यक्रमा प्यूठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द घिमिरेले प्यूठान नगरपालिका भित्रको स्वास्थ्य क्षेत्रका बिभिन्न सूचकहरुबारे जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्

किसानको गोठमै पुगेर बाँझोपन भएका गाई भैंसीलाई सुई

गाई भैैसीमा बाँझोपन निवारण गर्नको लागि डोर टु डोर कार्यक्रम प्यूठानमा सञ्चालन भएको छ ।...

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ परेका छन् । यो सँगै पक्राउ पर्नेको संख्या...

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक बिजुवारमा सम्पन्न

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ ।...

८१ वर्षिय वृद्धलाई बिस्तारामै लगेर गए वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता

मल्लरानी गाउँपालिका –३ मुन्डाँडा निवासी ८१ वर्षिय दुर्गाबहादुर पौडेलले विस्तारामै सामाजिक सुरक्षा भत्ता पाएका छन...

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका...