News Portal

रेडियो सुन्नुहोस्

भर्लेनी सामुदायिक वनको आमभेला सम्पन्न, नयाँ कार्यसमिति चयन

सागर रिजालप्युठान, २१ असोज
१६७९ पटक
प्युठान, २१ असोज

भर्लेनी रेङझेङ खोला सामुदायिक वन उपभोक्ता समुह ऐरावती गाउँपालिका वडा नंम्बर ६ विजुली हात्तिपाईलाको आमभेला भव्य रुपमा सम्पन्न भएको छ । समुहका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षता बाट शुरु भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।

वि.स. २०६९ सालमा गठन गरिएको उक्त समुहमा विजुलीका ३ सय ८५ महिला र ३ सय ६५ पुरुष उपभोक्ता सदस्य रहेका छन् । हाँलसम्म समुहको आम्दानी ९६ हजार १ सय ५३ रहेको समुहका अध्यक्ष कृष्णराज पौडेलले बताए । उनले भने,‘११ हजार ४ सय ५ खर्च गरि जम्मा ८४ हजार ८ सय ४७ रुपैयाँ अनुदानका कार्यक्रममा लगाएका छौ । ’समुहले विजुलीका ६० घरपरिवारलाई अनुदानमा बाख्रा वितरण गरेको समेत उनले जानकारी दिए ।

आमभेलालाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले यसठाउँबाट निर्वाचित उम्मेदवारको नाताले यस गाउँको सुख दुखमा सधै साथ दिन तत्पर रहेको बताए । उनले भने, ‘यस क्षेत्रको विकासमा पूर्ण रुपमा लाग्छु । ’ अहिलेको संविधानले हामी सबैको अधिकार, कर्तव्य र जिम्मेबारी आ– आफ्नो ठाउँमा स्पष्ट्र पारिदिएको बताएदै उनले राज्यबाट मात्र पाउँने आस नगरेर हुनेहरुले राज्यलाइृ कर दिएर मुलुकको समृद्धिकमा साथ दिन आग्रह गरे ।

भेलाका प्रमुख अतिथि समेत रहेका उपाध्यक्ष बस्नेतले यस क्षेत्रमा खोपानीको समस्या वढी भएकोले आगामी ३ वर्ष भित्रमा सबै बस्ती क्षेत्रमा खानेपानीको पहुँच पु¥याउने बताए । उनले भने,‘ गाउँपालिकाबाट खानेपानीका लागि बजेट विनियोजन भईसकेको छ । ’ उनलाई समुहले दोसल्ला ओडाएर सम्मान समेत गरेको थियो । सम्मान पछि उनले सम्मान गरेर माया र हौसला दिएकोमा खुसि व्यक्त गरे । वनजंगल मानिसलाई अतिआवश्यक बस्तु हो । उनले भने,‘जीवनयापनमा पर्यावरणको आवश्यकता महत्वपूर्ण छ यसलाई जोगाउनुपर्छ । ’

भेलाले नयाँ कार्यसमितिपनि चयन गरेको छ । रेशम बहादुर थापाको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा यामबहादुर गुरुङ, सचिव बिमला ठेडी, सहसचिव टेक बहादुर थापा, कोषाध्यक्ष मुक्ति बहादुर बस्नेत , सदस्यहरुमा नमा विश्कर्मा, लाली विश्वकर्मा लगाएतका रहेका नवनियुक्त सचिव बिमला ठेडीले जानकारी दिईन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...