News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ट्याक्टर दुर्घटना एकको मृत्यु : ३ घाइते

झुलेनी पोष्ट
७४६ पटक

जिल्लाको माण्डवी गाउँपालिका-५, रम्दिमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । दुर्घटनामा नौबहिनी गाउँपालिका १, स्याउलिवाङका २५ वर्षिय चम्फा बि.क.को उपचारका क्रममा प्यूठान अस्पताल विजुवारमा मृत्यु भएको हो ।

घाइते हुनेमा स्याउलीवाङकै १८ वर्षिय दुर्गा बि.क., गौमुखी-६, लिवाङका २५ वर्षिय बिक्रम बोहोरा र नौबहिनी-५, डामृका १९ वर्षिय बिक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

घाइते परियारको अवस्था गम्भिर रहेको छ भने बि.क. र बोहोराको अवस्था सामान्य रहेको छ । घटनाबारे बिस्तृत विवरण आउन बाँकि छ ।

मंगलवार बिहान सडकको नाला बनाउने गिट्टि अनलोड गरि खोलातर्फ फर्कने क्रममा रा १ त ४१५६ नम्वरको ट्याक्टर दुर्घटनामा परेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...