News Portal

रेडियो सुन्नुहोस्

डाक्टर पौडेलद्धारा प्यूठानका १ सय भन्दा बढी हड्डीका बिरामिको निसुल्क सल्यक्रिया

झुलेनी नेटवर्क२०८० बैसाख ७ प्युठान
९०५ पटक
२०८० बैसाख ७ प्युठान

स्वास्थ बिज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एम.एस अर्थोपेडिक सर्जन डाक्टर राजेन्द्र पौडेलले हालसम्म प्यूठान जिल्लामा १ सय भन्दा बढी हड्डी सम्बन्धीका बिरामीको निसुल्क सल्यक्रिया गरेका छन् ।

प्युठानको मल्लरानी गाउपालिका ३ बर्बोटमा जन्मनुभएका डाक्टर पौडेलले बिपन्न तथा असाहय नगरिकलाई सेवा गर्न रुचाउने बताए ।

पछिल्लो समय जिल्लाबाट हड्डी सम्बन्धीका धेरै बिरामीहरुले डाक्टर पौडेललाई खोज्दै पोखरा पुग्ने गर्छन् ।

जिल्लाका बिभिन्न सामाजिक अभियान्ताहरुले समन्वय गरेर जिल्लामा सम्भब नभएका हड्डी सम्बन्धिका केसहरु पोखरा पठाउने गरेको डाक्टर पौडेलले बताए ।

त्यस्तै प्युठान जुम्रीमा होटल ब्याबसाय गर्दै आएका निम बहादुर जि एम का छोरा बिधान जि एम को सोमबार लडेर हात भाचिएको थियो ।

उनको उपचार जिल्लामा सम्भब नभएपछी प्युठान नगरपालिकाका पुर्ब मेयर अर्जुन कुमार कक्षपति र प्युठान नगरपालिका ३ नम्बरका वडा अध्यक्ष सुमन श्रेष्ठको समन्वयमा बिरामिलाई पोखरा पठाईएको थियो ।

बुधबार बिधानको हातको सफल सल्यक्रिया भएको छ । अहिले बिधानको परिवार खुसी रहेको बताउछन् ।

बिधानको उपचारमा न्युनतम थोरै सुल्क लागे तापनी ठूलो रकम खर्च हुनबाट जोगिएको डाक्टर पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...