News Portal

रेडियो सुन्नुहोस्

डाक्टर पौडेलद्धारा प्यूठानका १ सय भन्दा बढी हड्डीका बिरामिको निसुल्क सल्यक्रिया

झुलेनी नेटवर्क२०८० बैसाख ७ प्युठान
८०६ पटक
२०८० बैसाख ७ प्युठान

स्वास्थ बिज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एम.एस अर्थोपेडिक सर्जन डाक्टर राजेन्द्र पौडेलले हालसम्म प्यूठान जिल्लामा १ सय भन्दा बढी हड्डी सम्बन्धीका बिरामीको निसुल्क सल्यक्रिया गरेका छन् ।

प्युठानको मल्लरानी गाउपालिका ३ बर्बोटमा जन्मनुभएका डाक्टर पौडेलले बिपन्न तथा असाहय नगरिकलाई सेवा गर्न रुचाउने बताए ।

पछिल्लो समय जिल्लाबाट हड्डी सम्बन्धीका धेरै बिरामीहरुले डाक्टर पौडेललाई खोज्दै पोखरा पुग्ने गर्छन् ।

जिल्लाका बिभिन्न सामाजिक अभियान्ताहरुले समन्वय गरेर जिल्लामा सम्भब नभएका हड्डी सम्बन्धिका केसहरु पोखरा पठाउने गरेको डाक्टर पौडेलले बताए ।

त्यस्तै प्युठान जुम्रीमा होटल ब्याबसाय गर्दै आएका निम बहादुर जि एम का छोरा बिधान जि एम को सोमबार लडेर हात भाचिएको थियो ।

उनको उपचार जिल्लामा सम्भब नभएपछी प्युठान नगरपालिकाका पुर्ब मेयर अर्जुन कुमार कक्षपति र प्युठान नगरपालिका ३ नम्बरका वडा अध्यक्ष सुमन श्रेष्ठको समन्वयमा बिरामिलाई पोखरा पठाईएको थियो ।

बुधबार बिधानको हातको सफल सल्यक्रिया भएको छ । अहिले बिधानको परिवार खुसी रहेको बताउछन् ।

बिधानको उपचारमा न्युनतम थोरै सुल्क लागे तापनी ठूलो रकम खर्च हुनबाट जोगिएको डाक्टर पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...