News Portal

रेडियो सुन्नुहोस्

कहिले सुध्रिएला नागरिकको बानी

झुलेनी नेटवर्क २०८० बैशाख १४
७९२ पटक
२०८० बैशाख १४

भनिन्छ तस्बिरले सबै चिज बोल्छ । यहाँ दर्जनौ मानिसहरु पिच गरेको सडकमा मेसिनरी औजारमा काम गरिरहेको देखिन्छ ।

हो, स्वर्गद्वारी नगरपालिका वडा नं. ३, स्थित किमिचौरमा स्थानीयले थ्रेसरबाट गहुँ झाँट्दै गरेका छन् ।

उनिहरुले काम गरिहेको ठाउँ नजिकै एम्बुलेन्स रोकिराखेको अवस्थामा देख्न सकिन्छ ।

एम्बुलेन्स, दमकल, प्रहरीको गाडि जहिल्यै हतारमा हुने भएकाले सडक र सडक क्षेत्र खाली हुनुपर्ने हो ।

“सार्वजनिक सडक” भन्नाले कसैको निजी भोगचलनमा नरहेको सडक सम्झनु पर्छ र सो शब्दले त्यस्तो सडकमा पर्ने सबै किसिमका पुल, कज्वे, कलभर्ट, साईकल मार्ग र फूटपाथलाई समेत जनाउँछ ।

सार्वजनिक सडक ऐन, २०३१ ले सडकको बारेमा यसरी परिभाषित गरे पनि स्थानीयले सडक जाम गरेर काम गरिरहेका छन् ।

अत्यन्तै जरुरी अवस्थामा एम्बुलेन्स सवार भएको भए स्थानीयका कारण बिरामीको बिच सडकमै ज्यान जाने खतरा हुनसक्छ।

ऐन अनुसार सडकको रेखदेख र मर्मत गर्न सकिने प्रावधान छ तर सडक र सडक क्षेत्र ओगटेर निजि प्रयोजनका लागि काम गर्न पाइदैन ।

तर सार्वजनिक सम्पत्तिमा मनपरी गर्नु नागरिकको मौलिक अधिकारमा पर्दैन ।

आफूलाई पर्दा मनपरी गर्ने र अरुलाई पर्दा वास्ता नगर्ने नागरिकको बानि कहिले सुध्रिएला !

नागरिकले सार्वजनिक सडकनै अवरुद्ध हुनेगरि काम गर्दा प्रहरीले देख्दैन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...