News Portal

रेडियो सुन्नुहोस्

कस्तो बन्ला प्यूठान अस्पताल भवन ?

झुलेनी नेटवर्क२०८० बैशाख २४
४६१ पटक
२०८० बैशाख २४

साँघुरो भवनका कारण सधै बेड अभाव भैरहने प्यूठान अस्पतालको नयाँ भवन भन्ने भएको छ ।

नेपाल सरकार लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय दाङ मार्फत बजेट विनियोजन भएर भवन बन्न थालेको हो ।

भवन निर्माणबारे आईतबार प्रारम्भिक वातावरणीय परीक्षण(आईई)को सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको थियो ।

कार्यक्रमा भवन कस्तो भन्ने, कसरी निर्माण गरिँदै छ भन्ने बारे जनकारी गराइएको थियो ।

रोल्पा, प्यूठान र अर्घाखाँचीका स्थानीयलाई सेवा प्रदान गर्दै आएको छ ।

प्यूठान अस्पताल ५० शैयामा अपग्रेड भएपछि प्रदेश सरकार मार्फत ४० करोड रुपैयाँ बजेट बिनियोजन भएर टेन्डर गर्ने प्रक्रियामा छ ।

प्यूठान नगरपालिका–४, बिजुवारमा ३१ रोपनी १ आना ५ पैसा ७ दाम जग्गामा २०४५ सालमा प्यूठान अस्पताल स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ ।

भवन जीर्ण हुँदा सेवा प्रभाहमा समस्या भैरहको अवस्थामा नयाँ भवन निर्माण हुने कुराले हौसला प्रदान गरेको अस्पताल प्रशासनले जनाएको छ ।

नयाँ भवन निर्माण गर्ने प्रक्रिया अगाडी बढेको कुराले हौसला प्रदान गरेको अस्पताल विकास समितिका अध्यक्ष बिजय बिराज बिष्टले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...