News Portal

रेडियो सुन्नुहोस्

जुन विद्यालयमा विद्यार्थी नै भर्ना भएनन्

बिबश जि.एम २०८० बैशाख २५
६३१ पटक
२०८० बैशाख २५

आर्थिक बर्ष २०८० को शैक्षिक शत्र सुरु भइसकको छ ।

विद्यालयहरुमा विद्यार्थी भर्ना भएर अन्यत्र पठन पाठन सुचारु भइसकेको छ ।

तर, प्यूठानको एक विद्यालयमा भने अहिले सम्म कुनै पनि विद्यार्थीहरु भर्ना भएका छैनन् ।

वर्षैदेखि चलेको विद्यालय विद्यार्थी भर्ना नभएपछि ताला लगाउने अवस्थमा पुगेको छ ।

प्यूठान नगरपािलका ४ कार्कीडाँडा स्थित सरस्वती प्राथमिक विद्यालयमा विद्यार्थी नभएका कारण बन्द हुने अवस्था पुगेको हो ।

अघिल्लो आर्थिक बर्षमा त्यस विद्यालयमा ३२ जना विद्यार्थी भर्ना भएका थिए ।

अन्तिम परीक्षमा भने १९ जना मात्र सहभागि भए । त्यस विद्यालयमा दरबन्दिका ३, अनुदानबाट १ शिक्षक छन् ।

२०१२ सालमा स्थापना भएको त्यो पुरानो विद्यालय विद्यार्थी विहिन छ ।

शिक्षकहरु अभिभावकले विद्यार्थी भर्नाका लागि लिएर आउछन की भन्ने आशमा अझै छन् ।

तर, अहिलेसम्म कुनै पनि विद्यार्थी त्यहाँ भर्ना हुनका लागि नआएको प्रधानाध्यापक हरिप्रसाद थपलीयाले बताए ।

विद्यार्थीको घरमै पुगेर अनुरोध गर्दा समेत विद्यार्थी भर्ना नभएको उनले बताए ।

‘यो बर्ष देखी विद्यालयले विद्यार्थीको लागि भनेर बर्षभरि पुग्नेगरि कापी, कलम, ड्रेसको समेत व्यवस्था गर्ने सोचमा थियौ,’उनले भने, ‘तर विद्यार्थी सबै निजीमा गएका कारण भर्ना हुन आएनन् ।’

विद्यार्थी भर्ना हुन नआएको जानकारी प्यूठान नगरपालिका शिक्षा शाखामा गराइसकेको थपलियाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...