News Portal

रेडियो सुन्नुहोस्

जुन विद्यालयमा विद्यार्थी नै भर्ना भएनन्

बिबश जि.एम २०८० बैशाख २५
८१२ पटक
२०८० बैशाख २५

आर्थिक बर्ष २०८० को शैक्षिक शत्र सुरु भइसकको छ ।

विद्यालयहरुमा विद्यार्थी भर्ना भएर अन्यत्र पठन पाठन सुचारु भइसकेको छ ।

तर, प्यूठानको एक विद्यालयमा भने अहिले सम्म कुनै पनि विद्यार्थीहरु भर्ना भएका छैनन् ।

वर्षैदेखि चलेको विद्यालय विद्यार्थी भर्ना नभएपछि ताला लगाउने अवस्थमा पुगेको छ ।

प्यूठान नगरपािलका ४ कार्कीडाँडा स्थित सरस्वती प्राथमिक विद्यालयमा विद्यार्थी नभएका कारण बन्द हुने अवस्था पुगेको हो ।

अघिल्लो आर्थिक बर्षमा त्यस विद्यालयमा ३२ जना विद्यार्थी भर्ना भएका थिए ।

अन्तिम परीक्षमा भने १९ जना मात्र सहभागि भए । त्यस विद्यालयमा दरबन्दिका ३, अनुदानबाट १ शिक्षक छन् ।

२०१२ सालमा स्थापना भएको त्यो पुरानो विद्यालय विद्यार्थी विहिन छ ।

शिक्षकहरु अभिभावकले विद्यार्थी भर्नाका लागि लिएर आउछन की भन्ने आशमा अझै छन् ।

तर, अहिलेसम्म कुनै पनि विद्यार्थी त्यहाँ भर्ना हुनका लागि नआएको प्रधानाध्यापक हरिप्रसाद थपलीयाले बताए ।

विद्यार्थीको घरमै पुगेर अनुरोध गर्दा समेत विद्यार्थी भर्ना नभएको उनले बताए ।

‘यो बर्ष देखी विद्यालयले विद्यार्थीको लागि भनेर बर्षभरि पुग्नेगरि कापी, कलम, ड्रेसको समेत व्यवस्था गर्ने सोचमा थियौ,’उनले भने, ‘तर विद्यार्थी सबै निजीमा गएका कारण भर्ना हुन आएनन् ।’

विद्यार्थी भर्ना हुन नआएको जानकारी प्यूठान नगरपालिका शिक्षा शाखामा गराइसकेको थपलियाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...