News Portal

रेडियो सुन्नुहोस्

चुँजाठाटिमा एकै दिन २३१ जना आँखा र दातका बिरामिले निसुल्क परिक्षण गराए

बोम बहादुर परियार२०८० बैशाख ३१
१२८३ पटक
२०८० बैशाख ३१

पुर्बी प्युठानका २३१ जना आँखा र दातका बिरामिले निसुल्क परिक्षण गराएका छन् ।

सनिबार श्री सत्य साई केन्द्र बिजुवारको आयोजनामा एकदिने निसुल्क शिबिर मल्लरानी गाउपालिका ३ स्थित धरम्पानी स्वास्थ्य चौकि चुजाठाटिमा आयोजना गरिएको थियो ।

गाउमै दुईवटा रोगका उपचार गराउन पाउँदा स्थानियहरु उत्साहित छन् ।

शिविरमा ७० जाना दातका बिरामिले उपचार गराएका छन भने १६१ जना आखाका बिरामिले आफ्नो आँखा परिक्षण गराएका छन् ।

प्रत्यक बर्ष जिल्लाका विभिन्न ठाउँहरुमा शिबिर आयोजना गरि बिरामिको उपचारमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आएको सत्य साई केन्द्रले यस पटक चुजाठाटिमा शिबिर आयोजना गरेको श्री सत्य साई केन्द्र बिजुवारका अध्यक्ष पदमा सुबेदिले बताईन ।

यस लगत्तै जिल्लामा नैतिक मूल्य मान्यता सम्बन्धी शिक्षक तालिम आयोजना गर्ने सुवेदीको भनाई छ ।

साथै उनले भनिन, प्युठानमा २०६० सालमा सामाजिक सेवा गर्ने उदेश्यले स्थापना गरिएको सस्थामा कुनै किसिमको विभेद छैन, बालबालिका हरुलाई थप अनुशासित बनाउनको लागि प्रत्यक सनिबार नैतिक शिक्षा सम्बन्धी तालिम पनि दिने गरेको उनको भनाई छ ।

सस्थाले विभिन्न दैबिक प्रकोपमा परेका मानिसहरुलाई पनि सहयोग राहात बितरण गर्दै आएको उनले बताईन ।

शिबिर उद्घाटन गर्दै प्रमुख अथिती मल्लरानी गाउपालिकाका उपाध्यक्ष रमेश श्रेष्ठले आध्यात्मिक ज्ञान र योग साधनाले मानिसलाई निरोगी बनाउन मदत गर्ने बताए ।

शिबिरमा दात सम्बन्धी डाक्टर प्रमिला खनाल, अस्मिता पोख्रेल, यादब भट्टराई र भरत के सि लगायतले निसुल्क सेवा दिएका थिए ।

त्यस्तै आँखा सम्बन्धि डाक्टर सुजता भन्डारि र मोहम्मद कम्मर धनिया ले निसुल्क सेवा दिएका हुन् ।

शिबिरबाट प्युठान बिजुली, रसपुरकोट, मुन्डाडा, बर्बोट, खरिन्डाडा, सिउते, कुडारा र अर्घाखाँची सम्मका बिरामिले सेवा लिएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...