News Portal

रेडियो सुन्नुहोस्

५ वर्षे आवाधिक योजना बनाउदै नौबहिनी गाउँपालिका

झुलेनी नेटवर्क
७४६ पटक

जिल्लाको नौबहिनी गाउँपालिका प्यूठानले ५ वर्षे आवधिक योजना बनाउन सुरु गरेको छ । गाउँपालिकाले सामाजिक विकास, आर्थिक विकास, भौतिक पूर्वाधार विकास, संस्थागत विकास तथा सुशासन र वन वातावरण, पर्यटन एवं विपद् व्यवस्थापनका योजनालाई केन्द्रमा राख्दै परामर्शदाता मार्फत आवधिक योजना बनाउन थालेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी गराए ।

पालिकाभित्र अहिलेसम्म भएका विकास र प्रयासको समीक्षा गर्दै आगामी ५ वर्षभित्र गर्न सकिने संभाव्य योजना सहित आवधिक योजना निर्माण गर्न लागिएको पौडेलले बताए । त्यही अनुसारको योजना छनोट, तयारी र सुझाव संकलन गर्ने उद्देश्यले पूर्व, वर्तमान जनप्रतिनिधि, कर्मचारी, विभिन्न पेसा व्यवसायमा संलग्नहरूसँग छलफलका लागि कार्यशालाको तयारी भएको पौडेलले बताए । पालिकाले जेठ ४ देखि ६ गतेसम्म तिन दिन कार्यशाला आयोजना गर्दैछ ।

हालको अवस्थाको समिक्षा गर्दै आउने पाँच वर्षसम्मको योजना बनाउने तयारी गरीएको पालिका अध्यक्ष डिलबहादुर थापाले बताए । ‘हामी नौबहिनी गाउँपालिकाको समग्र विकास र रुपान्तरणका लागि योजनाबद्ध ढंगले अघि बढ्ने प्रयासमा छौं,’ उनले भने, ‘त्यसका लागि पहिलो खुड्किलो नै आवधिक योजना अत्यावश्यक देखेका हौं ।’ ‘योजना तयार गरेर यसकै आधारमा विकासका योजना तिब्र गतिमा अघि सार्नेछौं’, उनले भने ।

नैबहिनी गाउँपालिकामा ८ वटा वडा छन् । ८ वटै वडामा आवधिक योजनाको खाका तयार गर्नका लागि वडा स्तरमा छलफल र अन्तरक्रिया गरिएको छ । नौबहिनीलाई कस्तो बनाउने र विकासको मोडल कसरी तयार गर्ने भन्ने विषयमा यहाँका बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला लगायतसँग निरन्तर छलफल चलाइरहेको अध्यक्ष थापाले झुलेनी पोष्टसँगको कुराकानीमा बताए ।

अब पालिकाका गौरवका आयोजना कुन हो ? योजना कसरी छनोट गर्ने ? त्यसको कार्यान्वनयका लागि रणनीतिहरू के के बनाउने ? भन्ने विषयमा गहन छलफल गरि निश्कर्षमा पुग्ने गाउँपालिकाको योजना रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...