News Portal

रेडियो सुन्नुहोस्

संस्थाका सदस्यहरुका लागि ५ दिने व्यवसायिक अचार तालिम सम्पन्न

बिबश जि.एम२०८० जेठ ३
८८७ पटक
२०८० जेठ ३

संस्थामा आवद्ध सदस्यहरुलाई नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले तालिम दिएको छ ।

संस्थाको सभाहलमा भएको तालिममा २४ जना महिला सदस्यहरुलाई गत बैशाख ३० देखी जेठ ३ गतेसम्म अचार तालिम दिइएको हो ।

गुणस्तरीय, स्वस्थ र स्थानीय उत्पादनका अचारहरु बजारमा ल्याउने तयारीका साथ तालिम सञ्चालन गरिएको नाकबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु पाण्डेलो जानकारी दिए ।

साथै संस्थाले नगरपालिका तथा जिल्ला भरि नै यस्ता गुणस्तरका अचारहरु बनाई सदस्यहरुलाई रोजगारको मुलबाटो देखाउने र त्यसैमा आत्मनिर्भर बनाउने अभिप्रायले तालिम दिएको पनि अध्यक्ष पाण्डेले बताए ।

अध्यक्ष पाण्डेले सदस्यहरुले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लिन सकेमा र आफ्नै संस्था दर्ता गरि व्यवसाय गर्न खोजेमा त्यसमा संस्थाले भरपूर सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।

सहभागिहरु तालिम लिन पाउदा खुसी भएको अध्यक्ष पाण्डेको भनाई छ ।

प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगिले यो व्यवसायिलाई थप बृद्धि तथा स्तरोन्नती गर्नको लागि नगरपालिका सधै संस्थाको निम्ति सहयोग गर्न तयार रहेको बताए ।

मेयर योगिले विभिन्न गतिविधिमा संस्थाले राम्रो काम गरेको प्रशंसा गर्दै संस्थाले उत्पादन गरेका बस्तुलाई बजारिकरण, प्याकेजिङ र लेभलिङमा समेत संस्थासँग सहजिकरण गरेर संस्थालई अगाडी बढाउने आश्वासन दिए ।

बिष्णु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्यूठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगि, नगर प्रवक्ता तथा ३ नं वडा अध्यक्ष सुमनराज श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...