News Portal

रेडियो सुन्नुहोस्

संस्थाका सदस्यहरुका लागि ५ दिने व्यवसायिक अचार तालिम सम्पन्न

बिबश जि.एम२०८० जेठ ३
६९८ पटक
२०८० जेठ ३

संस्थामा आवद्ध सदस्यहरुलाई नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले तालिम दिएको छ ।

संस्थाको सभाहलमा भएको तालिममा २४ जना महिला सदस्यहरुलाई गत बैशाख ३० देखी जेठ ३ गतेसम्म अचार तालिम दिइएको हो ।

गुणस्तरीय, स्वस्थ र स्थानीय उत्पादनका अचारहरु बजारमा ल्याउने तयारीका साथ तालिम सञ्चालन गरिएको नाकबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु पाण्डेलो जानकारी दिए ।

साथै संस्थाले नगरपालिका तथा जिल्ला भरि नै यस्ता गुणस्तरका अचारहरु बनाई सदस्यहरुलाई रोजगारको मुलबाटो देखाउने र त्यसैमा आत्मनिर्भर बनाउने अभिप्रायले तालिम दिएको पनि अध्यक्ष पाण्डेले बताए ।

अध्यक्ष पाण्डेले सदस्यहरुले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लिन सकेमा र आफ्नै संस्था दर्ता गरि व्यवसाय गर्न खोजेमा त्यसमा संस्थाले भरपूर सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।

सहभागिहरु तालिम लिन पाउदा खुसी भएको अध्यक्ष पाण्डेको भनाई छ ।

प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगिले यो व्यवसायिलाई थप बृद्धि तथा स्तरोन्नती गर्नको लागि नगरपालिका सधै संस्थाको निम्ति सहयोग गर्न तयार रहेको बताए ।

मेयर योगिले विभिन्न गतिविधिमा संस्थाले राम्रो काम गरेको प्रशंसा गर्दै संस्थाले उत्पादन गरेका बस्तुलाई बजारिकरण, प्याकेजिङ र लेभलिङमा समेत संस्थासँग सहजिकरण गरेर संस्थालई अगाडी बढाउने आश्वासन दिए ।

बिष्णु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्यूठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगि, नगर प्रवक्ता तथा ३ नं वडा अध्यक्ष सुमनराज श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...