News Portal

रेडियो सुन्नुहोस्

बालमैत्री स्थानीय शासन सञ्चालन सम्बन्धि तालिम ऐरावतीमा

झुलेनी नेटवर्क२०८० जेठ १९ प्यूठान
८२८ पटक
२०८० जेठ १९ प्यूठान

बालमैत्री स्थानीय शासन सम्बन्धि तालिम ऐरावती गाउँपालिका ५ मा सम्पन्न भएको छ । सरोकार सञ्चार तथा मानव संशाधन केन्द्र प्यूठानको  आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा तालिम संचालन भएको हो ।

दुई दिन सम्म चलेको तालिममा बालमैत्री स्थानीय शासनका अवधारणा, सुचक, स्थानीय तहले बालमैत्री स्थानीय शासनका विषयमा गरेका प्रयासहरुका बारेमा जानकारी गाराईएको छ ।

न ५ वडाअध्यक्ष चन्द्रबहादुर रोका मगरले बालमैत्री स्थानीय शासनका सुचकहरुलाई पुरा गर्नको लागि सबै पक्ष सक्रिय भएर लाग्न आग्रह गरे । साथै आगामी दिनमा वडा न ५ लाई बालमैत्री वडा बनाउन सम्बद्ध सबैलाइ सहयोग गर्न समेत अपिल गरे ।

तालिमको सहजीकरण जुमान सिंह के सी, मधुसुदन भण्डारी, पारस भण्डारी लगायतले गरेका छ्न । यसैबीच ऐरावती गाउँपालिका वाड न ४ मा पनि विहिबार देखि दुई दिने बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण तालिम शुरु भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...