News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात

झुलेनी पोष्ट२०८० जेठ २४
१०५३ पटक
२०८० जेठ २४

झिमरुक गाउँपालिकामा कर्मचारी माथि हातपात भएको छ । गाउँपालिका अध्यक्ष पित बहादुर महतराका छोरा मिलन एमसी सहितका ३ जनाले योजना शाखाका सहायक कर्मचारी दिपक जि.सी.लाई हातपात गरेका हुन् ।

भुक्तानीका लागि स्थानीय उपभोक्ता समितिका २ जना सदस्य लिएर आएका एमसीले जि.सी. माथी हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत शुवास रिजालले पुष्टि गरेका छन् ।

शाखामा हातपात भएपछि आफूकहाँ जोगिन आएका योजना शाखाका जि.सी.सँग सोधपुछ गर्दा आफैलाई समेत आक्रमणको प्रयास भएको अधिकृत रिजालले बताए ।

प्रत्यक्षदर्शिका अनुसार महतराले मदिरा सेवन गरेर कार्यालयको योजना शाखामा भुक्तानीको लागि आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख शुवास खड्काले जानकारी दिए ।

घटनाबारे गाउँपालिका अध्यक्ष पित बहादुर महतरा सँग बुझ्दा कार्यालयमा घटना भएकाे पुष्टि गर्दै आफु बाहिर भएकाले थप जानकारी दिने स्पष्ट पारे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...