News Portal

रेडियो सुन्नुहोस्

अध्यक्षका छोरा सहितको टोलिले कर्मचारी कुटेपछि झिमरुक गाउँपालिकाको सेवा प्रवाह बन्द

झुलेनी पोष्ट२०८० जेठ २४
१०८० पटक
२०८० जेठ २४

झिमरुक गाउँपालिका प्यूठानमा गाउँपालिका अध्यक्षका छोरा सहितको टोलिले कर्मचारी कुटेपछि गाउँपालिकाको सेवाप्रवाह अनिश्चितकालका लागि बन्द हुने भएको छ ।

बुधवार दिउँसो योजना तथा तथ्यांक शाखामा कार्यरत दिपक जि.सी.लाई गाउँपालिका अध्यक्ष पित बहादुर महतराका छोरा मिलन एमसी, पँधेरापात्ला मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष राम बहादुर खड्का, सचिव गोपाल खड्काले अभद्र व्यवहार र हातपात गरेको भन्दै गाउँपालिकामा कार्यरत कर्मचारीले संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्ती जारी गर्दै घटनाको भर्तसना गरेको छ ।

आफूमाथि हातपात भएपछि सुरक्षाका लागि प्रमुख प्रशासकीय अधिकृत शुवास रिजालको कार्यकक्षमा गएका जि.सी. र रिजाललाई समेत अभद्र व्यवहार गर्दै गालीगलौच गरेको बिज्ञप्तीमा उल्लेख छ ।

कर्मचारीहरुले कार्यकक्षमै अपमानित भई कुटाई खानुपरेको, सुरक्षित नभएको भन्दै दोषीहरुलाई कडा भन्दा कडा कारबाहि नहुँदा सम्म गाउँपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थाबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक अन्य सेवाप्रवाह अनिश्चितकालका लागि बन्द गरिएको बिज्ञप्तीमा जारी गरिएको छ ।

हेर्नुहोस बिज्ञप्तीको पुर्ण पाठ

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...