News Portal

रेडियो सुन्नुहोस्

कर्मचारी माथी हातपात अपडेट झिमरुकमा कामकाज ठप्प

झुलेनी नेटवर्क२०८० जेठ २६
५१२ पटक
२०८० जेठ २६

प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारी माथि हातपात भएपछि शुक्रबार यहाँका कर्मचारीले विरोध स्वारुप पालिकाको कामकाज ठप्प पारेका छन् । कामगर्न सहज नभएको भन्दै पालिकाबाट सेवा प्रदान नगरेको कर्मचारीले बताएका छन् ।

गाउँपालिका अध्यक्ष पितबहादुर महतराका छोरा मिलन एमसी र अन्य दुई जना युवाले योजना शाखाका सहायक कर्मचारी दिपक जि.सी.लाई हातपात तथा अभद्र व्यवहार गरेको भन्दै यहाँका कर्मचारी आन्द्रोलनमा छन् ।

अव कसरी अगाडि बढ्ने भन्ने विषयमा सरसल्लाह भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताए । यसैबिच झिमरुक गाउँपालिकाका कर्मचारी माथि भएको हातपातको विरोध गर्दै जिल्लाका अन्य स्थानीय तहका कर्मचारीहरुले समेत हातमा कालोपट्टि बाँधेर बिरोध जनाएका छन् ।

झिमरुकको घटना बारे आफूले गहिरो अध्ययन गरिरहेको प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए । ‘कर्मचारीले काम ठप्प पार्न मिल्दैन,’उनलले भने,‘कर्मचारीलाई अन्याय भएको छ भने न्याय पाउनुपर्छ ।’

पालिकाको कामकाज सुचारु गराउने विषयमा जनप्रतिनिधिसंग र कर्मचारीसंग समन्वय भइरहेको कोइरालले बताए । थपसत्य बुझ्नको लागि आफू झिमरुक गाउँपालिका जादै गरेको कोइरालाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...