News Portal

रेडियो सुन्नुहोस्

कर्मचारी माथी हातपात अपडेट झिमरुकमा कामकाज ठप्प

झुलेनी नेटवर्क२०८० जेठ २६
८०८ पटक
२०८० जेठ २६

प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारी माथि हातपात भएपछि शुक्रबार यहाँका कर्मचारीले विरोध स्वारुप पालिकाको कामकाज ठप्प पारेका छन् । कामगर्न सहज नभएको भन्दै पालिकाबाट सेवा प्रदान नगरेको कर्मचारीले बताएका छन् ।

गाउँपालिका अध्यक्ष पितबहादुर महतराका छोरा मिलन एमसी र अन्य दुई जना युवाले योजना शाखाका सहायक कर्मचारी दिपक जि.सी.लाई हातपात तथा अभद्र व्यवहार गरेको भन्दै यहाँका कर्मचारी आन्द्रोलनमा छन् ।

अव कसरी अगाडि बढ्ने भन्ने विषयमा सरसल्लाह भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताए । यसैबिच झिमरुक गाउँपालिकाका कर्मचारी माथि भएको हातपातको विरोध गर्दै जिल्लाका अन्य स्थानीय तहका कर्मचारीहरुले समेत हातमा कालोपट्टि बाँधेर बिरोध जनाएका छन् ।

झिमरुकको घटना बारे आफूले गहिरो अध्ययन गरिरहेको प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए । ‘कर्मचारीले काम ठप्प पार्न मिल्दैन,’उनलले भने,‘कर्मचारीलाई अन्याय भएको छ भने न्याय पाउनुपर्छ ।’

पालिकाको कामकाज सुचारु गराउने विषयमा जनप्रतिनिधिसंग र कर्मचारीसंग समन्वय भइरहेको कोइरालले बताए । थपसत्य बुझ्नको लागि आफू झिमरुक गाउँपालिका जादै गरेको कोइरालाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...