News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी गाउँपालिकामा करदाता शिक्षा कार्यक्रम सम्पन्न

बिबश जि.एम२०८० जेठ २७
६०९ पटक
२०८० जेठ २७

मल्लरानी गाउँपालिका भित्र रहेका सवै वडामा दर्ता भएका उद्योगी व्यवसायिहरुका लागि करदाता शिक्षा कार्यक्रम मल्लरानी गाउँपालिकामा आज शनिबार सम्पन्न भएको छ । शुक्रबार मल्लरानी गाउँपालिकाको १,२ र ३ नं वडाका लागि चुँजाठाटीमा कार्यक्रम गरिएको थियो भने शनिबार ४ र ५ नं वडाका लागि मल्लरानी गाउँपालिका खलंगामा गरिएको हो ।

कार्यक्रममा उद्योगीहरुलाई स्थानीय तहमा दर्ता नविकरण, आन्तरिक करदाता सेवा कार्यालय चकचकेबाट आयकर, मुल्य बृद्धिको अन्त शुल्क, कारोबार फरक भएमा मिसम्याच लगायतका विषयमा जानकारी गराईएको थियो ।

प्रशिक्षकको रुपमा स्थानीय तहमा दर्ता नविकरणको लागि मल्लरानी गाउँपालिकाका व्यवसायिहरुलाई व्यवसाय करको लागि स्थानीय तहले निर्धारण गरेको करको दर रेट, छुट तथा दर्ता नविकरणको निम्ति राजश्य शाखा प्रमुख प्रकाश वली, घरेलु कार्यालयले घरेलु तथा साना उद्योगमा दर्ता, नविकरण तथा त्यस कार्यालय बाट प्रदान गरिने सेवाहरुको विषयमा, करदाता सेवा कार्यालयले अन्त शुल्क, मदिरा जन्य आयकर तथा मुल्य अभिवृद्धि कर सम्बन्धि करदाता सेवा कार्यालय चकचके प्यूठानका निमित्त कार्यालय प्रमुख हेतुराम पुन मगर प्रशिक्षकको रुपमा रहेका थिए ।

उद्योग वाणिज्य संघको आयोजना तथा मल्लरानी गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो ।

प्यूठान उद्योग वाणिज्य संघका महासचिव सन्देश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खडकको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...