


प्युठान उत्तरी प्युठानकाे नौबहिनी गाउँपालिका ६ मगरबासाकाे भिरमा अटाेरिक्सा दुर्घटना भएको छ । गएराती भएको दुर्घटनामा परि एक जनाकाे ज्यान गएकाे छ भने ५ जना घाइते भएका छन् । दुर्घटनामा परि नाैवहिनी गाउपालिका ४ खवाङकी ५९ बर्षिए तारादेवि पुनकाे घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । खवाङकै कालिदेवि धर्तीमगर गम्भीर घाइते रहेकाे र नौबहिनी ४ निवासी चालक लाल बहादुर गिरि ,सृमति गिरी, सृजना गिरि र उनका ४वर्षिए छाेरा सुजल गिरि र १ बर्षिए छाेरा सौगात गिरिकाे अबस्था सामान्य रहेकाे इलाका प्रहरी कार्यलय बाहाने प्रमुख गाेपिकृष्ण सुवेदीले बताए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

