News Portal

रेडियो सुन्नुहोस्

सवारी दुर्घटना सम्बन्धि नेकपा एमाले प्युठानले गरायो ध्यानाकर्षण

झुलेनी नेटवर्क२०८० जेठ ३१
१२१० पटक
२०८० जेठ ३१

स्वर्गद्धारीमा पटक पटक भईरहने सवारी दुर्घटनाको बिषयलाई लिएर नेकपा एमाले प्युठानले ध्यानाकर्षण गराएको छ । नेकपा एमाले प्युठानले सडक दुर्घटना रोक्नका लागि अपनाउन सकिने उपायहरु समेटेर जिल्ला प्रशासन कार्यालय प्युठानलाई बुधबार विभिन्न ५ बुदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्मा, एमाले प्रदेश कमिटी सदस्य मधुर शर्मा, जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्ट, सचिब माधब शर्मा, जिल्ला सचिवालय सदस्य पशुपति नारायण नकर्मी, रामचन्द्र के.सी लगायतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी मदन कोईरालालाई ध्यानाकर्षण पत्र बुझाईएको हो ।

नेपाल कै पवित्र तिर्थस्थल मानिने स्वर्गद्धारीमा पटक पटक सवारी दुर्घटना हुँदा नागरिकहरुमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले सडक नियम पालना गराउने निकायले तदारुकता देखाउन आवश्यक रहेको भन्दै यसको लागि स्थानीय प्रशासनले नेतृत्व लिने र गतिविधिहरुलाई प्रभावकारी बनाउन सके सडक दुर्घटना न्युनीकरण गर्न सकिने भन्दै ध्यानाकर्षण पत्र बुझाएको नेकपा एमाले प्युठानका जिल्ला अध्यक्ष विजय विराज विष्टले जानकारी दिए ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कोईरालाले अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम शुरु गर्ने बताए । यो सडकलाई संघीय सरकार मातहत लैजान सिफारिस भएको समेत उनले जानकारी दिए ।

नेकपा एमाले प्युठानका अध्यक्ष बिजय बिराज बिष्टद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सडक डिभिजन कार्यालय प्युठान र अन्य निकायहरु मार्फत भिंगृ–स्वर्गद्धारी १३ किलोमिटर सडक निमित रुपमा स्तरोन्नतीको काम भए पनि प्रभावकारी कार्यान्वयनमा सम्बन्धित निकायको उदासिनता देखिएको र बर्षेनी करोडौं बजेट खर्च हुने तर सडक सुरक्षा र आवश्यकताका आधारमा सडक सुधार हुन नसकेकोले कामलाई प्रभावकारी बनाउनु पर्ने उल्लेख छ।

त्यस्तै ध्यानाकर्षण पत्रमा पहाडी भिरालो , धेरै घुम्तिहरु भएको बाटो भएकाले सवारी साधनको अवस्था ,ट्राफिक सिग्नल,क्षमता अनसुारका यात्रुसंख्या,सवारी साधनको गति जस्ता सवालमा ट्राफिक प्रहरी मार्फत बिशेष ध्यान दिनुपर्ने, अधिक साँघुरा ठाउँहरुमा बलिया रेलिंग, वालको व्यवस्थापन गर्नु पर्ने ,सडक खण्डको सुरुवातमा सुचना डेस्कबाट यात्रा सम्बन्धि जानकारी र मध्ये भागमा रिफ्रेस सेन्टर स्थापना गरी दुबै तर्फबाट आवत जावत गर्ने सवारीहरुलाई केहि समय रोक्नु पर्ने प्रबन्ध मिलाउनु पर्ने , सार्वजनिक यातायात सम्बन्धमा आईरहेका गुनासाहरुको यथोचित सुनसवाई र कार्यान्वयनका लागि समेत अनुरोध गरिएको उल्लेख छ ।

जेष्ठ २९ गते स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा कार दुर्घटनामा परि ८ जनाको घटना स्थलमै मृत्यु भएको थियो । आ.व. ०७५÷०७६ देखि हालसम्म स्वर्गद्धारी सडक खण्डमा भएको सवारी दुर्घटनामा परि ३० जनाले ज्यान गुमाईसकेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...