News Portal

रेडियो सुन्नुहोस्

प्यूठान जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा

झुलेनी नेटवर्क२०८० असार २६
९५९ पटक
२०८० असार २६

प्यूठान जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता गरेपछि मंगलबार एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । ५ बर्ष मुनिका सबै बालबालिकाहरुलाई आर्थिक बर्ष २०७९/०८० मा राष्ट्रिय खोप कार्यक्रममा समावेश भएका सम्पूर्ण खोपहरु तालिका अनुसार पूरा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।


चालु आर्थिक बर्ष २०७९/०८० मा प्यूठान अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थाहरु मार्फत जिल्लामा ४ हजार १ सय भन्दा बढी बालबालिकाहरुलाई पूर्ण रुपमा १३ प्रकारका खोप लगाइएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले बताए ।
२०६७ सालदेखि नेपाल सरकारले सुरु गरेको पूर्ण खोपको अवधारणा अनुरुप प्यूठान जिल्लालाई तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको पहिलो जिल्लाको रुपमा २०७२ साल पुस १५ गते पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो ।


जिल्ला खोप समन्वय समिति प्यूठानको आयोजनामा भएको पूर्ण खोप दिगोपना तथा सुनिश्चितता घोषणा कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल रहेका छन् । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धर्मबहादुर जि.सीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख,उपप्रमुख, सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, राजनीतिक दल, संघसस्था, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...