News Portal

रेडियो सुन्नुहोस्

प्यूठान जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा

झुलेनी नेटवर्क२०८० असार २६
७०९ पटक
२०८० असार २६

प्यूठान जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता गरेपछि मंगलबार एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । ५ बर्ष मुनिका सबै बालबालिकाहरुलाई आर्थिक बर्ष २०७९/०८० मा राष्ट्रिय खोप कार्यक्रममा समावेश भएका सम्पूर्ण खोपहरु तालिका अनुसार पूरा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।


चालु आर्थिक बर्ष २०७९/०८० मा प्यूठान अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थाहरु मार्फत जिल्लामा ४ हजार १ सय भन्दा बढी बालबालिकाहरुलाई पूर्ण रुपमा १३ प्रकारका खोप लगाइएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले बताए ।
२०६७ सालदेखि नेपाल सरकारले सुरु गरेको पूर्ण खोपको अवधारणा अनुरुप प्यूठान जिल्लालाई तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको पहिलो जिल्लाको रुपमा २०७२ साल पुस १५ गते पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो ।


जिल्ला खोप समन्वय समिति प्यूठानको आयोजनामा भएको पूर्ण खोप दिगोपना तथा सुनिश्चितता घोषणा कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल रहेका छन् । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धर्मबहादुर जि.सीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख,उपप्रमुख, सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, राजनीतिक दल, संघसस्था, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...