News Portal

रेडियो सुन्नुहोस्

अब प्यूठानमै हेल्थअसिस्टेन्ट एच ए पढ्न पाइने

झुलेनी नेटवर्क२०८० श्रावण ७
९२३ पटक
२०८० श्रावण ७

जिल्लामा अब ३ वर्षे एच.ए र ल्याव टेक्निसियन कार्यक्रम सन्चालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सि टी ई भि टी) बाट मान्यता प्राप्त प्युठानको पहिलो फोर्टिनाईन मल्टिटेक्निकल ईन्स्टिच्युट प्रा. लि बिजुवारमा यस वर्षदेखि ३ वर्षे हेल्थ असिस्टेन्ट एचए र ल्याव टेक्निसियन कार्यक्रम सन्चालन हुने भएको ईन्स्टिच्युटका अध्यक्ष खिमप्रसाद पार्धेले जानकारी दिए ।

विगत लामो समयदेखि प्यूठान जिल्लामा स्वास्थ्य सम्बन्धि पन्ध्र महिने सि.एम.ए र ल्याव टेक्निसियन अध्यापन गराउँदै आएको ईन्स्टिच्युटले यस बर्षदेखि ३ वर्षे एच.ए र ल्याव टेक्निसियन कार्यक्रम सञ्चालन गर्न लागेको हो । ३ वर्षे एच.ए तर्फ पहिलो बर्ष ४० जना विद्यार्थी र ल्याव टेक्निसियनतर्फ ३० जना विद्यार्थीलाई अध्यापन गराईने भएको छ ।

जिल्ला मै स्वास्थ्य सम्बन्धि  डिप्लोमा कोर्स पढाई हुने भएपछि आर्थिक समस्याले बाहिर गएर पढ्न नसक्ने विद्यार्थीहरुलाई सहज हुने भएको छ । यसको लागि ईन्स्टिच्युटले विद्यार्थी भर्नाको लागि फारम भर्न सुरु गरिसकेको जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...