News Portal

रेडियो सुन्नुहोस्

५८ औ रक्तसंचार सेवा दिवस प्यूठानमा पनि मनाइयो

बोम बहादुर परियार२०८० श्रावण १२
४६४ पटक
२०८० श्रावण १२

प्युठानमा  बिभिन्न कार्यक्रम गर्दै ५८ औ रक्तसञ्चार सेवा दिवस मनाइएको छ । सुलभ गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवा भन्ने मुल नाराका साथ सुक्रवार यो दिवस मनाइएको हो ।

रक्तदान संबन्धी विभिन्न नारा लगाउदै जुम्री विजुवार बजार परिक्रमगरि प्युठान अस्पतालमा पुगेर एक कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी प्यूठानका सभापति गुमानराज पुलामीले २०२३ साउन १२ गते बिर अस्पतालको सानो कोठाबाट सुचारु गरियको रक्तसंचार सेवा अहिले नेपाल रेडक्रस सोसाइटि मार्फत नेपालको १ सय २० स्थानबाट सेवा सुचारु भएको बताए । उनले यस आर्थिक बर्षमा रक्तदान केन्द्र प्यूठान मार्फत ४ सय १३ पिन्ट रगत संकलन गरिएको मध्य १ सय ८० पिन्ट रगत बितरण गरिएको बताए ।जिल्लामा बिभिन्न संघ सस्था र ब्यक्तिहरु संग समन्वय गरेर रगतको अभाब हुन नदिने र रगतको अभाबमा कसैले मृत्यु वरण गर्न नपर्ने पुलामीले बताए ।

लाएन्स क्लब अफ प्युठानका अध्यक्ष झविद्र शर्माले लाएन्स क्लबले स्वास्थ्यका क्षेत्रमा जिल्लामा धेरै काम गर्दै आएको अभगत गराउदै निकट भबिष्यमै प्यूठान अस्पतालमा डाइलाइसिस मेसिन उपलब्ध गराउने बताए । प्यूठान अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले रगत दान गर्दा बिरामीको ज्यान पनि बच्नुका साथै रगत दिने ब्यक्तिलाइ शारिरीकरुपमा अझ धेरै फाइदा पुग्ने बताइन ।

कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समितीका प्रमुख धरम बहादुर जि सी र बिषेस अथिती प्रमुख जिल्ला अधिकारी मदन कोइराला रहेका थिए । नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजालले रक्तदान गरेपछि कमजोर भैइन्छ भन्ने मानसिकतालाइ बदल्न जरुरी रहेको बताए ।
दिवसका अवसरमा लाएन्स क्लब अफ प्युठानको सहयोगमा बिहिवार बाग्दुलामा रक्तदानमा युवा रेडक्रस सदस्यको भुमिका बिषयक अन्तर मा बी स्तरीय बक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरीएको थियो ।


२३ जना सहभागी रहेको प्रतियोगितामा चिरायु मा बी चिसाबाङकी छात्रा रेजिना केसी प्रथमा भएकि थिइन् । भानुभक्त मध्यमिक बिध्यालय बर्बोटका छात्र सन्देस जिसी दोस्रो कालिका माध्यमिक विध्यालय टारीकी छात्रा सुहाना सुबेदि तेस्रो र लक्ष्मी मा बी बाङगेमरोट कि छात्रा एन्जिला पन्थी चौथा भएकी थिइन ।

कार्यक्रमका अवसरमा जिल्लामा रहेर पटक पटक रगत दान गर्ने उत्कृष्ट १४ जना रक्तदाताहरुलाइ र एक संस्थालाइ समेत सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्युठानका मन्त्री दामोदर शर्माले संचालन गरेको कार्यक्रमको स्वागत मन्तब्य रक्तसंचार सेवा उपसमिती संयोजक धु्रव जिसीले राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युद्ध महान् थियो भने त्यो बाटो किन छोडेको ?: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले युद्ध महान थियो भने किन  त्यो बाटो छाडेको भन्दै माओवादीलाइ प्रश्न...

युद्धलाई ‘हिंसा’ भनेर अभिव्यक्ति दिनु संविधान विपरीत: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गर्ने अभिव्यक्ति संविधान विपरीत रहेको...

हुनुपर्ने काम रोक्ने र नहुनुपर्ने काम भइराख्ने नहोस्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न ...

अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली

गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लिवाङ्ग गाउँमा अवसर खोज्दै सहर पस्नेको सङ्ख्या ठुलो छ ।...

‘संस्थागत सुत्केरी’ मा स्वर्गद्वारी सबैभन्दा कमजोर

मातृ शिशु सुरक्षामा महत्त्वपूर्ण मानिएको संस्थागत सुत्केरी गराउने कार्यक्रम कार्यान्वयनमा स्वर्गद्वारी नगरपालिका सबैभन्दा कमजोर देखिएको...