News Portal

रेडियो सुन्नुहोस्

साइन रेसुङ्गा बैंकको राष्ट्रिय कार्यक्रम प्युठान मल्लरानीमा बृक्षारोपण

बोम बहादुर परियार२०८० श्रावण १३
७९२ पटक
२०८० श्रावण १३

प्युठानको पर्यटकिय सम्भावना बोकेको मल्लरानी डाँडामा बृक्षारोपण गरिएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको राष्ट्रिय कार्यक्रम गो्र ग्रिन प्रोजेक्ट मार्फत सनिवार मल्लरानीमा ८५ वटा वोटविरुवाको वेर्ना रोपिएको हो ।

बृक्षारोपण कार्यक्रमका प्रमुख अथिती मल्लरानी गाउँपालीकाका अध्यक्ष कृष्ण बहादुर खड्काले पहिलो बेर्ना रोपेर उद्घाटन गर्दै मल्लरानीलाई पर्यटकिय गन्तब्यको रुपमा अझ बिकास गर्न गाउँपालिका लागि परेको बताए । त्यस्तै रोपिएका बिरुवाहरुलाई संरक्षण गर्न पालिकाबाट सहयोग गर्ने उनको भनाइ छ ।मल्लरानी ४ का वडाध्यक्ष कुमार श्रेष्ठले सामुदयिक बनमा रोपिएका बिरुवालाई संरक्षण गर्नुपर्ने बताए ।

कार्यक्रमका अध्यक्ष तथा साइन रेसुङ्गा बैंक विजुवार शाखाका प्रमुख योगेन्द्र विष्टले आफुले रोपेका बिरुवाको आफै संरक्षण गर्नेगरी बैंकले लिएको राष्ट्रिय कार्यक्रमलाई बृक्षारोपण गर्दै प्युठानमा पनि लागु गरिएको वताए ।


पर्यटकिय सम्भावना बोकेको मल्लरानी डाँडामा थप आकर्षण देखाउने उदेश्य सहित बिभिन्न प्रजातीका बोटबिरुवा र फुलहरु रोपिएको साइन रेसुङ्गा डेभलपमेन्ट बैंक खलंगा शाखाका प्रमुख विन्जन वस्नेतले बताए ।

त्यस्तै खलंगाका ८३ बर्षिय जुक्त प्रसाद पोख्रेल मल्लरानीमा बर पीपल रोप्ने आफ्नो सपना पुरा भएको बताए । मल्लरानी डाँडाको छेउमै जुक्त प्रसाद र उनकी श्रीमती धना पोख्रेलले बोटबिरुवा रोपेपछि धर्म कमाइन्छ भन्दै वर पिपल रोपेका हुन् । ८३ बर्षिय बृद्ध जुक्त  प्रसाद र ७५ बर्षिय बृद्धा धना पोख्रेलले कार्यक्रममा सहभागि हुंदै बिरुवा रोप्न पाएकोमा खुशी भएको बताए ।


साथै बैंकको प्युठानमा रहेका छ वटै शाखाकाकर्मचारीहरुको उपस्थितीमा बृक्षारोपण गरिएको हो । बृक्षारोपणमा सहकार्य गर्दै डिभिजन बन कार्यालय प्युठानका प्रतिनिधी, मल्लरानी ४ का जनप्रतिनिधी, मल्लरानी विहानी पदयात्रा समुह लगायतले सहयोग गरेका थिए ।

कार्यक्रमको सञ्चालन बहाने शाखाका प्रमुख कृष्ण बहादुर के.सी गरेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...