News Portal

रेडियो सुन्नुहोस्

वृक्षारोपन गरेर प्यूठानमा सामुदायिक वन दिवस मनाइयो

बिबश जि.एम२०८० श्रावण २५
७६८ पटक
२०८० श्रावण २५

सामुदायिक वन दिवस प्यूठान सहित देशैभर मनाईएको छ । विहिबार जिल्लामा डिभिजन वन कार्यालय प्यूठान र सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानको संयुक्त आयोजनामा स्वर्गद्धारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो ।


कार्यक्रममा सामुदायिक वनको हालको अवस्था र आगामी कार्ययोजनाको विषयमा छलफल भएको जिल्ला वन डिभिजन कार्यालय प्यूठानका अधिकृत दिपक के.सीले जानकारी दिए । अधिकृत के.सी का अनुसार श्रीखण्ड, कल्की फूल, विरेन्द्र फूल लगायत करिब १ सय ६० विरुवा रोपिएको छ ।


सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानका अध्यक्ष ध्रुवकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख टेक प्रसाद भण्डारी, विशिष्ट अतिथि उपप्रमुख मिनराज रानामगर, लुम्बिनी प्रदेश सामुदायिक वन उपभोक्ता महासंघका सदस्य दामोदर शर्मा, सव डिभिजन वन कार्यालय भिंगृका प्रमुख सितेस महतो लगायत संघसंस्थाका पदाधिकारीको सहभागिता थियो ।

‘वृक्षारोपण गरौ, वन जोगाऔं’, सामुदायिक वनको दिगो व्यवस्थापन गरि सामाजिक न्याय सुशासन र आर्थिक सम्वृद्धि हासिल गर्ने दिशामा अघि बढौं” भन्ने मुल नारासहित कार्यक्रम गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...