News Portal

रेडियो सुन्नुहोस्

वृक्षारोपन गरेर प्यूठानमा सामुदायिक वन दिवस मनाइयो

बिबश जि.एम२०८० श्रावण २५
१२३४ पटक
२०८० श्रावण २५

सामुदायिक वन दिवस प्यूठान सहित देशैभर मनाईएको छ । विहिबार जिल्लामा डिभिजन वन कार्यालय प्यूठान र सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानको संयुक्त आयोजनामा स्वर्गद्धारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो ।


कार्यक्रममा सामुदायिक वनको हालको अवस्था र आगामी कार्ययोजनाको विषयमा छलफल भएको जिल्ला वन डिभिजन कार्यालय प्यूठानका अधिकृत दिपक के.सीले जानकारी दिए । अधिकृत के.सी का अनुसार श्रीखण्ड, कल्की फूल, विरेन्द्र फूल लगायत करिब १ सय ६० विरुवा रोपिएको छ ।


सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानका अध्यक्ष ध्रुवकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख टेक प्रसाद भण्डारी, विशिष्ट अतिथि उपप्रमुख मिनराज रानामगर, लुम्बिनी प्रदेश सामुदायिक वन उपभोक्ता महासंघका सदस्य दामोदर शर्मा, सव डिभिजन वन कार्यालय भिंगृका प्रमुख सितेस महतो लगायत संघसंस्थाका पदाधिकारीको सहभागिता थियो ।

‘वृक्षारोपण गरौ, वन जोगाऔं’, सामुदायिक वनको दिगो व्यवस्थापन गरि सामाजिक न्याय सुशासन र आर्थिक सम्वृद्धि हासिल गर्ने दिशामा अघि बढौं” भन्ने मुल नारासहित कार्यक्रम गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...