News Portal

रेडियो सुन्नुहोस्

शिक्षकहरुले मंगलबार पनि धर्ना कार्यक्रमलाई निरन्तरता

झुलेनी नेटवर्क२०८० श्रावण ३०
९७६ पटक
२०८० श्रावण ३०

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा आज देशभर ७७ वटै जिल्लामा शिक्षा विकास तथा समन्वय ईकाइमा धर्ना कार्यक्रम गरेको छ । मंगलरबार दोस्रो चरणको कार्यक्रमलाई पनि अगाडी सारेको हो ।

आन्दोलनका कार्यक्रमलाई तिव्रता दिएपछि पछिल्लो समय शिक्षा ऐनमा आएको समस्या सच्याउन संशोधन समिति बनाएको भए पनि त्यसमा आफुहरुलाई पूर्ण विश्वास नलागेको भन्दै आन्दोलनका कार्यक्रम गरिएको नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य चक्रपाणी पौडेलले जानकारी दिए । उनका अनुसार आज मंगलबार शिक्षा विकास तथा समन्वय इकाई प्यूठानमा धर्ना समापन पछि निमित्त कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाईएको छ ।

शिक्षकहरुका लागि यो ऐन आएमा शिक्षकहरु निरुत्साहित हुने, ट्रेड यूनियन अधिकार हनन हुने भन्दै आन्दोलनमा उत्रिएको केन्द्रिय सदस्य पौडेलले बताए । त्यस्तै शिक्षा विद्येयक सदनमा पेश भएमा त्यसको पाँचौ दिनपछि देशभरका शिक्षकहरु काठमाडौंमा पुगि दबाव मुलक कार्यक्रम गर्ने भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...