News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य सम्बन्धि सम्पादित जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठी सम्पन्न

झुलेनी नेटवर्क२०८० भदौ १९
८३२ पटक
२०८० भदौ १९

स्वास्थ्य सम्बन्धि सम्पादित कार्यक्रमहरुको बार्षिक जिल्ला स्तरीय समिक्षा गोष्ठी प्यूठानमा सम्पन्न भएको छ । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्यूठानको सहयोग तथा स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा दुई दिने गोष्ठी मंगलबार स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको हो । कार्यक्रममा आर्थिक बर्ष २०७९/०८० मा भएका स्वास्थ्य कार्यक्रमहरुको समिक्षा तथा प्रस्तुतीकरण भएको थियो । गोष्ठीमा २०८०/०८१ का लागि कार्ययोजनाको निर्माण समेत गरिएको स्वास्थ्य कार्यालय प्यूठानका कोल्चेन अधिकृत कौशल राज बैद्यले जानकारी दिए ।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये स्वास्थ्य सुचकको आधारमा ऐरावती गाउँपालिका पहिलो, मल्लरानी गाउँपलिका दोस्रो, गौमुखी गाउँपालिका तेस्रो भएको छ भने स्वास्थ्य संस्थाका हिसाबले पहिलो देविस्थान स्वास्थ्य चौकी, दोस्रो धरमपानी स्वास्थ्य चौकी र तेस्रो सापडाँडा स्वास्थ्य चौकी रहेको बताइएको छ । पुरस्कृत हुने पालिकाका स्वास्थ्य संयोजक र स्वास्थ्य संस्था प्रमुखहरुलाई दोसल्ला र प्रमाणपत्र ले सम्मान गरिएको थियो ।

स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुुर जि.सी, विशेष अतिथिमा प्र.जि.अ मदन कोइराला, अतिथिमा तत्थ्याकं अधिकृत प्रदेश स्वास्थ्य निर्देशनालयका डोर बहादुर बस्नेत, जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य सँग सम्बन्धित स्वास्थ्य शाखा प्रमुख लगायतको सहभागिता थियो भने कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय प्यूठानका कौशल राज बैद्यले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...