News Portal

रेडियो सुन्नुहोस्

हाटबजारले ल्याएको किसानको खुसी

बिबश जि.एम२०८० भदौ २२
७८४ पटक
२०८० भदौ २२

चर्को बजार मुल्य र बिषादीयुक्त तरकारी खाँदा दिक्क बनेका नागरिकहरु करेसाबारीबाट टिपेको तरकारी भान्छामा ताजै खान पाउँदा खुसी देखिन्छन् । यता नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले स्थानीय स्तरमा उत्पादित तरकारीको हाटबजार सुरु गरेपछि किसानहरुमा झनै खुसि छाएको छ । किसानहरुको उत्पादित बस्तुले बजार र बजारभाउ पाएर खुसी भएको बताउँछन । नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले प्यूठानको जुम्रीमा यहि भदौ १५ गतेदेखि औपचारिक रुपमा हाटबजार सुरु गरेको छ । अब देखि प्रत्येक हप्ताको शुक्रबार हाटबजार लाग्नेछ । हाटबजारमा किसान आफैले उत्पादन गरेका तरकारीहरु बिक्रीका लागि निःशुल्क रुपमा सटर समेत पाएका छन् । हाटबजारमा किसानले विभिन्न ठाउँबाट विभिन्न किसिमका तरकारीहरु लिएर बिक्रिका लागि आएका छन् ।

प्यूठान नगरपालिका ५ जुम्रीकाडा सिर्वाङकी दधा कुमारी भुषालले आफ्नै बारीमा उब्जाएका तरकारीहरु हाटबजारमा लिन सुरु गरेकी छिन् । उनले मर्चेकेरा, सिमेसाग, भाजीसाग, फर्सी लगायतका थुप्रै तरकारी लिएर हाट बजारमा आएकी थिईन। सहकारीले हाटबजारको व्यवस्था गरेपछि अहिले तरकारीले बजार भाउ पाएको भुषाल बताउँछिन् । भुषालले भनिन् “पहिले बजारमा डुलाउँदा पनि राम्रो भाउ पाउने थिएन, अहिले मेहनत अनुसारको बजार भाउ पाउँदा खुसी छु ।”

 

त्यस्तै प्यूठान नगरपालिका ८ खप्रेङखोलाकी रेखा बसेल पनि हाटबजारमा आफैले उत्पादन गरेको तरकारी बेच्दै गरेको अवस्थामा भेटिईन । उनले घिरौला,भिन्डी, धनियाँ लगायतका तरकारी लिएर आएकी थिईन । उनले विगत ९ बर्षदेखि ७ रोपनी भन्दा बढि जग्गामा तरकारी खेती गर्दै आएको बताईन् । फरक प्रसंगमा बसेलले भनिन् “हाटबजार लाग्यो खुसी छौ, तर आफुले उत्पादन गरेअनुसारको तरकारीलाई व्यवस्थित गर्न तरकारी संकलन केन्द्र भए अझ राम्रो हुन्थ्यो, त्यो नहुँदा भने आफुलाई दुख लागेको छ ।”संकलन केन्द्र भएको भए आफुहरु दिनभरि हाटबजारमा तरकारी कुरेर बस्नु नपर्ने भन्दै उनले समयको बचत हुने र थप काम गर्न सकिने बताए ।

त्यस्तै अर्का कृषक प्यूठान नगरपालिका ६ ढुङ्गेठाटीका कर्ण बहादुर पुन मगर पनि आफुले गाउँमा फलाएका तरकारीहरु लिएर अहिले हाटबजारमा नै आउन सुरु गरेका छन् । मगरले लौका, करेली, चिचिन्डो सँगै अन्य तरकारी लिने गर्छन् । मगर भन्छन् “पहिले तरकारी पसलका साहुलाई थोकमा दिन्थे, साहुले केही सस्तोमा लैजाने गर्थे, तर अहिले भने आफ्नै हातले सबैको सामु बेच्न पाउँदा खुुसी लागेको छ ।” उनले उत्पादित तरकारी कहाँ लगेर बिक्रि गर्ने भन्ने चिन्ता हाटबजार लागेपछि हटेको बताए ।

हाटबजारमा तरकारी किन्न पुगेकी स्थानीय सुमित्रा पौडेलले बजारमा भन्दा यहाँ ताजा र सस्तो मुल्यमा तरकारी पाएपछि आफु तरकारी किन्न यहि आउन थालेको बताईन । बजारमा धेरै दिनदेखि राखेको बासी र सडेको तरकारी भन्दा ताजा र बजार भाउ पनि सस्तो भएकाले हाटबजार सञ्चालन भएकोमा खुसी भएको सुनाईन ।

कृषकको उत्पादन र कृषकसँग नागबेली सहकारीसँगै जोडिएका कारण हाटबजारको सुरुवात गरिएको नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु पाण्डेले बताए । बाह्य तरकारीले जिल्लाका स्थानीय तरकारी खेती गर्ने किसानहरुलाई प्रत्यक्ष रुपमा असर पारेको भन्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि हाटबजारको सुरुवात गरेको पाण्डेको भनाई छ । स्थानीय उत्पादन र बजार मागको आधारमा मापन गरेर हाटबजारलाई थप व्यवस्थित बनाउने र पछि यसलाई थोक बजारको रुपमा पनि विकास गर्ने योजनामा रहेको उनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...