News Portal

रेडियो सुन्नुहोस्

हाटबजारले ल्याएको किसानको खुसी

बिबश जि.एम२०८० भदौ २२
५४२ पटक
२०८० भदौ २२

चर्को बजार मुल्य र बिषादीयुक्त तरकारी खाँदा दिक्क बनेका नागरिकहरु करेसाबारीबाट टिपेको तरकारी भान्छामा ताजै खान पाउँदा खुसी देखिन्छन् । यता नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले स्थानीय स्तरमा उत्पादित तरकारीको हाटबजार सुरु गरेपछि किसानहरुमा झनै खुसि छाएको छ । किसानहरुको उत्पादित बस्तुले बजार र बजारभाउ पाएर खुसी भएको बताउँछन । नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले प्यूठानको जुम्रीमा यहि भदौ १५ गतेदेखि औपचारिक रुपमा हाटबजार सुरु गरेको छ । अब देखि प्रत्येक हप्ताको शुक्रबार हाटबजार लाग्नेछ । हाटबजारमा किसान आफैले उत्पादन गरेका तरकारीहरु बिक्रीका लागि निःशुल्क रुपमा सटर समेत पाएका छन् । हाटबजारमा किसानले विभिन्न ठाउँबाट विभिन्न किसिमका तरकारीहरु लिएर बिक्रिका लागि आएका छन् ।

प्यूठान नगरपालिका ५ जुम्रीकाडा सिर्वाङकी दधा कुमारी भुषालले आफ्नै बारीमा उब्जाएका तरकारीहरु हाटबजारमा लिन सुरु गरेकी छिन् । उनले मर्चेकेरा, सिमेसाग, भाजीसाग, फर्सी लगायतका थुप्रै तरकारी लिएर हाट बजारमा आएकी थिईन। सहकारीले हाटबजारको व्यवस्था गरेपछि अहिले तरकारीले बजार भाउ पाएको भुषाल बताउँछिन् । भुषालले भनिन् “पहिले बजारमा डुलाउँदा पनि राम्रो भाउ पाउने थिएन, अहिले मेहनत अनुसारको बजार भाउ पाउँदा खुसी छु ।”

 

त्यस्तै प्यूठान नगरपालिका ८ खप्रेङखोलाकी रेखा बसेल पनि हाटबजारमा आफैले उत्पादन गरेको तरकारी बेच्दै गरेको अवस्थामा भेटिईन । उनले घिरौला,भिन्डी, धनियाँ लगायतका तरकारी लिएर आएकी थिईन । उनले विगत ९ बर्षदेखि ७ रोपनी भन्दा बढि जग्गामा तरकारी खेती गर्दै आएको बताईन् । फरक प्रसंगमा बसेलले भनिन् “हाटबजार लाग्यो खुसी छौ, तर आफुले उत्पादन गरेअनुसारको तरकारीलाई व्यवस्थित गर्न तरकारी संकलन केन्द्र भए अझ राम्रो हुन्थ्यो, त्यो नहुँदा भने आफुलाई दुख लागेको छ ।”संकलन केन्द्र भएको भए आफुहरु दिनभरि हाटबजारमा तरकारी कुरेर बस्नु नपर्ने भन्दै उनले समयको बचत हुने र थप काम गर्न सकिने बताए ।

त्यस्तै अर्का कृषक प्यूठान नगरपालिका ६ ढुङ्गेठाटीका कर्ण बहादुर पुन मगर पनि आफुले गाउँमा फलाएका तरकारीहरु लिएर अहिले हाटबजारमा नै आउन सुरु गरेका छन् । मगरले लौका, करेली, चिचिन्डो सँगै अन्य तरकारी लिने गर्छन् । मगर भन्छन् “पहिले तरकारी पसलका साहुलाई थोकमा दिन्थे, साहुले केही सस्तोमा लैजाने गर्थे, तर अहिले भने आफ्नै हातले सबैको सामु बेच्न पाउँदा खुुसी लागेको छ ।” उनले उत्पादित तरकारी कहाँ लगेर बिक्रि गर्ने भन्ने चिन्ता हाटबजार लागेपछि हटेको बताए ।

हाटबजारमा तरकारी किन्न पुगेकी स्थानीय सुमित्रा पौडेलले बजारमा भन्दा यहाँ ताजा र सस्तो मुल्यमा तरकारी पाएपछि आफु तरकारी किन्न यहि आउन थालेको बताईन । बजारमा धेरै दिनदेखि राखेको बासी र सडेको तरकारी भन्दा ताजा र बजार भाउ पनि सस्तो भएकाले हाटबजार सञ्चालन भएकोमा खुसी भएको सुनाईन ।

कृषकको उत्पादन र कृषकसँग नागबेली सहकारीसँगै जोडिएका कारण हाटबजारको सुरुवात गरिएको नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु पाण्डेले बताए । बाह्य तरकारीले जिल्लाका स्थानीय तरकारी खेती गर्ने किसानहरुलाई प्रत्यक्ष रुपमा असर पारेको भन्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि हाटबजारको सुरुवात गरेको पाण्डेको भनाई छ । स्थानीय उत्पादन र बजार मागको आधारमा मापन गरेर हाटबजारलाई थप व्यवस्थित बनाउने र पछि यसलाई थोक बजारको रुपमा पनि विकास गर्ने योजनामा रहेको उनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...