News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनको अवसरमा आँखा अस्पताल र कालिका मन्दिरलाई सामग्री हस्तान्तरण

बिबश जि.एम२०८० भदौ २९
६९७ पटक
२०८० भदौ २९

लायन्स क्लब अफ प्यूठान भित्रिकोटले एक कार्यक्रमको आयोजना गरी जन्मदिनको अवसरमा विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।
जन्मदिनको अवसरमा शुक्रबार नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्यूठानलाई सागर पण्डितले वाटर डिस्पेन्सर र कालिका मन्दिर बिजुवारलाई मधुर शर्माले र्‍याक प्रदान गरेका हुन् ।

आँखा अस्पतालमा वाटर डिस्पेन्सरको आवश्यकता महसुस गरी बिरामीहरुको हितको लागि वाटर डिस्पेन्सर प्रदान गरिएको पण्डितले बताएका छन् । त्यस्तै कालिका मन्दिरमा पुँजापाठ गर्न जाने भक्तजनहरुलाई जुत्ताचप्पल राख्नका लागि र्‍याक प्रदान गरिएको छ ।

 

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ प्यूठानका अध्यक्ष झबिन्द्र शर्माले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नको लागि विगत देखि नै लायन्स क्लबले सामाजिक काममा सहयोग गर्दै आएको बताए ।

कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशब कर्माचार्य र नरेन्द्र गायत्री आँखा अस्पताल बिजुरवाका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले सामान ग्रहण गर्दै लायन्स क्लब अफ प्यूठानलाई धन्यवाद दिएका छन् ।

लायन्स क्लब अफ प्यूठान भित्रिकोटका कार्यवाहक अध्यक्ष महेश कुमार कक्षपतिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...