News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनको अवसरमा आँखा अस्पताल र कालिका मन्दिरलाई सामग्री हस्तान्तरण

बिबश जि.एम२०८० भदौ २९
९६९ पटक
२०८० भदौ २९

लायन्स क्लब अफ प्यूठान भित्रिकोटले एक कार्यक्रमको आयोजना गरी जन्मदिनको अवसरमा विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।
जन्मदिनको अवसरमा शुक्रबार नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्यूठानलाई सागर पण्डितले वाटर डिस्पेन्सर र कालिका मन्दिर बिजुवारलाई मधुर शर्माले र्‍याक प्रदान गरेका हुन् ।

आँखा अस्पतालमा वाटर डिस्पेन्सरको आवश्यकता महसुस गरी बिरामीहरुको हितको लागि वाटर डिस्पेन्सर प्रदान गरिएको पण्डितले बताएका छन् । त्यस्तै कालिका मन्दिरमा पुँजापाठ गर्न जाने भक्तजनहरुलाई जुत्ताचप्पल राख्नका लागि र्‍याक प्रदान गरिएको छ ।

 

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ प्यूठानका अध्यक्ष झबिन्द्र शर्माले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नको लागि विगत देखि नै लायन्स क्लबले सामाजिक काममा सहयोग गर्दै आएको बताए ।

कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशब कर्माचार्य र नरेन्द्र गायत्री आँखा अस्पताल बिजुरवाका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले सामान ग्रहण गर्दै लायन्स क्लब अफ प्यूठानलाई धन्यवाद दिएका छन् ।

लायन्स क्लब अफ प्यूठान भित्रिकोटका कार्यवाहक अध्यक्ष महेश कुमार कक्षपतिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...