News Portal

रेडियो सुन्नुहोस्

योजना कार्यान्वयनका लागि वडाध्यक्षले बोलाए सर्वपक्षीय बैठक

झुलेनी नेटवर्क२०८० असोज ५
७३२ पटक
२०८० असोज ५

मोटरबाटो स्तरोन्नती गर्ने विषयमा मल्लरानी गाउँपालिका वडा नं.३ मा सर्वदलीय/सर्वपक्षीय छलफल भएको छ । शुक्रबार ३ नं वडा कार्यालयमा वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा आर्थिक बर्ष २०८०/०८१ मा मल्लरानी गाउँपालिकाको संघीय समपूरक योजना अन्तरगत मोटरबाटो स्तरोन्नतीका लागि बिनियोजित बजेटका बिषयमा सर्वपक्षीय छलफल गरिएको वडा अध्यक्ष नोमराज पौडेलले जानकारी दिए । उनका अनुसार संघीय समपुरक योजना अन्तरगत सिर्सेगैरा, मुनडाँडा, चुँजाठाँटी मोटरबाटो स्तरोन्नतीका लागि १ करोड बजेट विनियोजन गरिएको छ ।

छलफलमा नेकपा माओवादी केन्द्र मल्लरानी ३ का वडा कमिटी अध्यक्ष मिनराज परियारले आफ्नो बस्तीस्तरमा योजना कार्यान्वयन गर्नका लागि सबै एकजुट हुनुपर्ने बताए । साथै उनले सर्वपक्षिय छलफल आयोजना गरेकोमा राम्रो कामको सुरुवात भन्दै धन्यवाद समेत दिए ।

नेपाली कांग्रेसका वडा सभापति युवराज पौडेलले विगतमा बर्षैपिच्छे १/२ लाख बजेट बिनियोजन गरेपनि त्यसले प्रभावकारी काम गर्न नसकिएको भन्दै अहिलेको यो बजेटबाट प्रभावकारी योजना कार्यान्वयन गर्न सुझाव दिएका छन् ।

त्यस्तै मल्लरानी ३ का पुर्व वडाध्यक्ष गिरीराज पौडेलले वडाका विकास निर्माणका काममा सबै एकजुट हुनुपर्ने भन्दै प्रभावकारी रुपमा योजना सम्पन्न गर्न लागि सर्वपक्षीय छलफल सकारात्मक भएको बताए ।

नेकपा एमाले मल्लरानी ३ का सचिव डिलाराम पौडेलले सबै पक्षलाई समेटेर योजना कार्यान्वयनका लागि सर्वपक्षीय छलफलले सबैको अपनत्व महसुस हुने भन्दै योजनाको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

बैठकमा वडा अध्यक्ष नोमराज पौडेलले विकास सबैको हो, सबैका लागि हो भनेर सर्वपक्षिय बैठक बोलाएको भन्दै १ करोडको योजना कार्यान्वयनका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । अध्यक्ष पौडेलले वडाका महत्वपुर्ण योजनाहरुमा सर्वपक्षीय बैठकको निर्णय बमोजिम अगाडी बढ्दा आफुलाई काम गर्न सहज भएको बताए । उनले विकास निर्माणका काममा सबैलाई रचनात्मक सहयोगका निम्ति आग्रह गरेका छन् ।

बैठकमा बाटोमा नाली सहित ६ मिटरको बाटो बनाउने, ६ मिटर नभएको ठाउँमा कटिङ गरेर बाटोको सन्तुलन मिलाउने, बर्षातको समयमा समेत सिर्सेगैरा, मुनडाँडा , चुँजाठाँटी लगायतका मोटरबाटोमा बस सञ्चालन गर्ने लगायतका बिषयमा छलफल भएको बताईएको छ । बर्षातको समयमा बस सञ्चालन गर्न कठिनाई भएकाले बाटोको स्तरोन्नती गरी सहज रुपमा बस सञ्चालन गर्न स्टिमेट गरेर काम गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा वडा नं ३ मा क्रियाशिल सम्पुर्ण राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, वडा नं. ३ का पूर्व वडा अध्यक्ष,स्थानीय बुद्धिजिबी लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...