News Portal

रेडियो सुन्नुहोस्

योजना कार्यान्वयनका लागि वडाध्यक्षले बोलाए सर्वपक्षीय बैठक

झुलेनी नेटवर्क२०८० असोज ५
५०४ पटक
२०८० असोज ५

मोटरबाटो स्तरोन्नती गर्ने विषयमा मल्लरानी गाउँपालिका वडा नं.३ मा सर्वदलीय/सर्वपक्षीय छलफल भएको छ । शुक्रबार ३ नं वडा कार्यालयमा वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा आर्थिक बर्ष २०८०/०८१ मा मल्लरानी गाउँपालिकाको संघीय समपूरक योजना अन्तरगत मोटरबाटो स्तरोन्नतीका लागि बिनियोजित बजेटका बिषयमा सर्वपक्षीय छलफल गरिएको वडा अध्यक्ष नोमराज पौडेलले जानकारी दिए । उनका अनुसार संघीय समपुरक योजना अन्तरगत सिर्सेगैरा, मुनडाँडा, चुँजाठाँटी मोटरबाटो स्तरोन्नतीका लागि १ करोड बजेट विनियोजन गरिएको छ ।

छलफलमा नेकपा माओवादी केन्द्र मल्लरानी ३ का वडा कमिटी अध्यक्ष मिनराज परियारले आफ्नो बस्तीस्तरमा योजना कार्यान्वयन गर्नका लागि सबै एकजुट हुनुपर्ने बताए । साथै उनले सर्वपक्षिय छलफल आयोजना गरेकोमा राम्रो कामको सुरुवात भन्दै धन्यवाद समेत दिए ।

नेपाली कांग्रेसका वडा सभापति युवराज पौडेलले विगतमा बर्षैपिच्छे १/२ लाख बजेट बिनियोजन गरेपनि त्यसले प्रभावकारी काम गर्न नसकिएको भन्दै अहिलेको यो बजेटबाट प्रभावकारी योजना कार्यान्वयन गर्न सुझाव दिएका छन् ।

त्यस्तै मल्लरानी ३ का पुर्व वडाध्यक्ष गिरीराज पौडेलले वडाका विकास निर्माणका काममा सबै एकजुट हुनुपर्ने भन्दै प्रभावकारी रुपमा योजना सम्पन्न गर्न लागि सर्वपक्षीय छलफल सकारात्मक भएको बताए ।

नेकपा एमाले मल्लरानी ३ का सचिव डिलाराम पौडेलले सबै पक्षलाई समेटेर योजना कार्यान्वयनका लागि सर्वपक्षीय छलफलले सबैको अपनत्व महसुस हुने भन्दै योजनाको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

बैठकमा वडा अध्यक्ष नोमराज पौडेलले विकास सबैको हो, सबैका लागि हो भनेर सर्वपक्षिय बैठक बोलाएको भन्दै १ करोडको योजना कार्यान्वयनका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । अध्यक्ष पौडेलले वडाका महत्वपुर्ण योजनाहरुमा सर्वपक्षीय बैठकको निर्णय बमोजिम अगाडी बढ्दा आफुलाई काम गर्न सहज भएको बताए । उनले विकास निर्माणका काममा सबैलाई रचनात्मक सहयोगका निम्ति आग्रह गरेका छन् ।

बैठकमा बाटोमा नाली सहित ६ मिटरको बाटो बनाउने, ६ मिटर नभएको ठाउँमा कटिङ गरेर बाटोको सन्तुलन मिलाउने, बर्षातको समयमा समेत सिर्सेगैरा, मुनडाँडा , चुँजाठाँटी लगायतका मोटरबाटोमा बस सञ्चालन गर्ने लगायतका बिषयमा छलफल भएको बताईएको छ । बर्षातको समयमा बस सञ्चालन गर्न कठिनाई भएकाले बाटोको स्तरोन्नती गरी सहज रुपमा बस सञ्चालन गर्न स्टिमेट गरेर काम गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा वडा नं ३ मा क्रियाशिल सम्पुर्ण राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, वडा नं. ३ का पूर्व वडा अध्यक्ष,स्थानीय बुद्धिजिबी लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...