News Portal

रेडियो सुन्नुहोस्

सवारी चालकलाई ट्राफिक नियम सम्बन्धि सचेतना

बिबश जि.एम २०८० असोज १३
७२० पटक
२०८० असोज १३

सवारी चालकहरुका लागि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम जुम्रीमा भएको छ । शनिबार मल्लरानी यातायात प्रा.लिको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय देबिस्थानको समन्वयमा बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाको सभाहल जुम्रीमा कार्यक्रम भएको हो । कार्यक्रममा प्यूठान नगरपालिका भित्र रहेका अटो चालकहरुको सहभागिता थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका ट्राफिक प्रमुख चन्द्र बहादुर के.सी ले चालकहरुलाई आफ्नो गाडीको रुटअनुसार चलाउन आग्रह गरेका छन् । चालकहरुले आफ्नो रुट भन्दा बाहेक र चालक अनुमति पत्र नलिई चलाउँदा दुर्घटना भएमा राज्यले कुनै पनि क्षतिपुर्ति नबेहोर्ने पनि जानकारी गराए । उनका अनुसार लाइसेन्स नभएको, मापसे गरेर गाडी चलाउने, ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरुलाई ५ सय देखि ५ हजार सम्म जरिवाना काट्ने अधिकार ट्राफिकलाई रहेको छ ।

साथै सिट क्षमता भन्दा बढि यात्रु राख्ने, तोकिएको भन्दा बढि भाडा लिने लगायतका गुनासो ट्राफिकमा आइरहेको भन्दै आगामी दिनमा त्यसो गरेको पाइए कार्वाही गरिने जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...