News Portal

रेडियो सुन्नुहोस्

सवारी चालकलाई ट्राफिक नियम सम्बन्धि सचेतना

बिबश जि.एम २०८० असोज १३
८८५ पटक
२०८० असोज १३

सवारी चालकहरुका लागि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम जुम्रीमा भएको छ । शनिबार मल्लरानी यातायात प्रा.लिको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय देबिस्थानको समन्वयमा बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाको सभाहल जुम्रीमा कार्यक्रम भएको हो । कार्यक्रममा प्यूठान नगरपालिका भित्र रहेका अटो चालकहरुको सहभागिता थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका ट्राफिक प्रमुख चन्द्र बहादुर के.सी ले चालकहरुलाई आफ्नो गाडीको रुटअनुसार चलाउन आग्रह गरेका छन् । चालकहरुले आफ्नो रुट भन्दा बाहेक र चालक अनुमति पत्र नलिई चलाउँदा दुर्घटना भएमा राज्यले कुनै पनि क्षतिपुर्ति नबेहोर्ने पनि जानकारी गराए । उनका अनुसार लाइसेन्स नभएको, मापसे गरेर गाडी चलाउने, ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरुलाई ५ सय देखि ५ हजार सम्म जरिवाना काट्ने अधिकार ट्राफिकलाई रहेको छ ।

साथै सिट क्षमता भन्दा बढि यात्रु राख्ने, तोकिएको भन्दा बढि भाडा लिने लगायतका गुनासो ट्राफिकमा आइरहेको भन्दै आगामी दिनमा त्यसो गरेको पाइए कार्वाही गरिने जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...