लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा चोरी भएको छ । मल्लरानी ३ सालठाटी स्थित संस्थाको कार्यालयमा आइतबार राती तोडफोड गरी नगद चोरी भएको हो । कार्यालयमा भएको नगद १ लाख ५० हजार र एक हजारका पुराना नोटहरु समेत चोरी भएकोे संस्थाका व्यवस्थापक गोबिन्द अधिकारीले जानकारी दिए ।
उनका अनुसार कार्यालयको चेनगेट, दराज, टेबुल लगायतका सामानमा तोडफोड गरी क्षति पुर्याएको छ । चोरीमा संलग्नलाई पक्राउ गरी, सत्यतथ्य छानबिन गर्न कार्यालयका कर्मचारीले माग गरेका छन् । प्रहरीले संस्थाको कार्यालय तोडफोड गरी चोरी गर्ने व्यक्तीको खोजीकार्य भइरहेको बताएको छ ।