News Portal

रेडियो सुन्नुहोस्

पत्रकार महासंघ प्यूठानले मनायो आफ्नो स्थापना दिवस

बिबश जि.एम२०८० असोज २०
६१३ पटक
२०८० असोज २०

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले आफ्नो २३औं स्थापना दिवस मनाएको छ । शनिबार विहान जुम्री बजारबाट प्रभातफेरी जिल्ला अस्पताल बिजुवार पुगी रक्तदान कार्यक्रम गरि २३औं स्थापना दिवस मनाएको हो । रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजालले रगत दान गरेका छन् ।

संस्थापक उपाध्यक्ष मेघराज भट्टले आफ्नो पेशागत हकहितको लागि संस्थाको स्थापना गरिएको बताए । पत्रकार महासंघका श्रमजीवि पत्रकारहरुको विचार फरक भएपनि मिसन भने एउटै हुनुपर्ने उनको भनाई थियो । संस्थाका पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारीले पछिल्लो समय पेशागत पत्रकारलाई ठूलो चुनौती भएको बताए । हरेक चुनौती सँग जुधेर श्रम गरिरहेका पत्रकारहरुलाई पत्रकार महासंघले जिल्ला देखि केन्द्र तहसम्म प्रोत्साहन गरिनुपर्ने आवश्यकता औल्याए ।

पत्रकार महासंघका केन्द्रिय सदस्य सुशील पोख्रेलले पत्रकारहरुलाई संख्यात्मक भन्दा पनि गुणात्मक पक्षलाई ध्यान दिएर अघि बढ्न आग्रह गरे । त्यस्तै जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजालले पछिल्लो समय पत्रकारहरुले एकअर्कामा अस्वस्थ प्रतिस्पर्धा गर्दा सिंगो महासंघ सँगै पत्रकारहरुलाई असर पुगेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...