News Portal

रेडियो सुन्नुहोस्

गर्भवती महिलाहरुका लागि प्रयोगशाला परिक्षण स्वास्थ्य शिविर डामृमा सुरु

बिबश जि.एम२०८० असोज २३
५८१ पटक
२०८० असोज २३

गर्भवती महिलाहरुका लागि प्रयोगशाला परिक्षण स्वास्थ्य शिविर सुरु गरिएको छ । मंगलबार नौबहिनी गाउँपालिका ५ डामृको स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागि प्रयोगशाला परिक्षण स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा अध्यक्ष दलराज पुन मगरले जानकारी दिए । उनका अनुसार घरमा हुने सुत्केरीहरुलाई शुन्य बनाउन र स्वास्थ्यलाई गुणस्तरी एवं भरपर्दो बनाउन यो अभियान चलाइएको हो ।

स्वास्थ्य चौकीमा रगतको समुह पहिचान गरि रगत संकलन गर्ने र आवश्यकता अनुसार गर्भवती महिलाहरुले प्रयोग गर्न सकिने गरि कार्य अघि बढाइएको पनि अध्यक्ष पुन मगरले जानकारी दिए । साथै विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा जिल्ला अस्पताल प्यूठानका मानसिक रोग विशेषज्ञ डा. पंकज पाठकले मानसिक रोग बारे जानकारी तथा सामान्य चेकजाँच समेत गरेका हुन् ।

वडा अध्यक्ष दलराज पुन मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापा रहेका थिए । नौबहिनी गाउँपालिकाको आयोजना तथा नौबहिनी गाउँपालिका ५ डामृको समन्वयमा गरिएको कार्यक्रमको सञ्चालन नौबहिनी स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...