News Portal

रेडियो सुन्नुहोस्

सहकारीको समस्या सरकारले सहजीकरण गर्ने : मन्त्री शर्मा

बिबश जि.एम २०८० असोज २५
३३२ पटक
२०८० असोज २५

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सहकारी क्षेत्रका विकास, सहकारीमा देखिएका समस्याको समाधान लगायतका बिषयमा सरकारले सहजिकरण गर्ने प्रतिवद्धता जनाएकी छिन् । बिहिबार होटेल आयुष्मा नयाँ बजारमा भएको सहकारी क्षेत्रको प्रवद्धनमा स्थानीय तहको भूमिका बिषयक जिल्ला स्तरीय बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । मन्त्री शर्माले सहकारीले देशको अर्थतन्त्रमा सहयोग पु¥याएको भन्दै एउटा सहकारी नराम्रो हुँदा सबै सहकारीलाई त्यही दृष्ट्रिकोणले हेर्न नहुने बताइन् ।

सहकारीहरु उत्पादनमा भन्दा पनि ऋण लगानीमा बढि अग्रसर रहेको भन्दै त्यस्तो कार्यले मात्र सहकारीलाई टिकाइ राख्न नसक्ने शर्माको भनाई थियो । साथै सहकारी व्यवस्थापनको लागि कानुनमा कतै स्थानीय तह वा जिल्ला सहकारी चुकेको होकी भन्दै कानुनलाई हातमा लिन खोज्ने व्यक्तिलाई कानुनी उपचार गर्न समेत आग्रह गरेकी छिन् ।

 

जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोख्रेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेश सांसद तुल्सीराम शर्माल, निमा गिरी, धना लक्ष्मी श्रेष्यठ, स्थानीय तहका प्रमुख उपप्रमुख, सहकारीमा आवद्ध कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

जिल्ला सहकारी संघ प्यूठानको आयोजनामा सुरु भएको कार्यक्रमको आर्थिक सहयोगमा प्यूठान स्थित स्थानीय तहहरुले गरेका हुन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा...

मल्लरानी ३ मा व्यूटिपार्लर तालिम समापन

मल्लरानी गाउपालिका वडा नं. ३ मा २ महिने व्यूटीपार्लर तालिम सम्पन्न भएको छ । गरिवी...

बिजुवारमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन

प्यूठान नगरपालिकाले कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । बजार क्षेत्रमा कुकुरको सँख्या बढ्दै गएकाले...

कर्मचारी संगठनले मनायो ३५ औं स्थापना दिवस, मृगौला पीडितलाई सहयोग

नेपाल निजामती कर्मचारी संगठन प्यूठानले स्थापना दिवसको अवसर पारेर मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ...

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...