News Portal

रेडियो सुन्नुहोस्

प्यूठानलाई तनहुँको बन्दिपुर जस्तो बनाउन स्थानीयको भूमिका महत्वपुर्ण : सासंद थापा

झुलेनी नेटवर्क२०८० असोज २८
१००० पटक
२०८० असोज २८

नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य सुर्य थापाले प्यूठानको खलंगालाई तनहुँको बन्दिपुर जस्तो बनाउन स्थानीयको महत्वपूर्ण भूमिका हुने बताएका छन् । आइतबार बिहान प्यूठानको मललरानी गाउँपालिका–४ खलंगा स्थित पाटीचोकमा अम्ब्रेला स्टिट्र कार्यक्रमको उद्घाटन गर्दै थापाले यस्तो बताएका हुन् । स्थानीय बासिन्दा र यहाँका सरोकारवालाले ध्यान दिएमा आन्तरिक पर्यटकको रोजाई प्यूठान सदरमुकाम खलंगालाई तनहुँको बन्दिपुरजस्तो बनाउन सम्भव रहेको उनले बताए ।

अन्तर खलंगा आवासीय समाज प्यूठानको आयोजना, मल्लरानी गाउँपालिका प्यूठानको समन्वय र खलंगा सरोकार समुह प्यूठानको सहकार्यमा खलंगालाई शिक्षा, स्वास्थ्य र पयर्टकीय स्थलको रुपमा विकास गरौ भन्ने मुल नारा सहित खलंगामा अम्ब्रेला स्टिट्र निर्माण गरिएको आयोजकले बताएको छ ।

बडा दशै, नेपाल सम्बत, शुभ दिपावली तथा छठ २०८० को अवसरमा सदरमुकाम खलंगा र समग्र मल्लरानीको पर्यटकीय प्रवर्द्धन र मल्लरानी गाउँपालिकाको ग्रिनसिटि खलंगा अवधारणालाई टेवा पुर्‍याउने उद्देश्य सहित असोज २८ गतेदेखि मंसिर १० गतेसम्म खलंगा पाटीचोकमा कार्यक्रम हुने भएको छ । कार्यक्रममा छाता, गमला, ध्वजापताका लगायतका सामग्रीहरुले रङ्गाउने कार्यक्रम रहेको छ ।

अन्तर खलंगा आवासीय समाज प्यूठानका अध्यक्ष भुप बहादुर पुनको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन इमानसिह भारतीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...