News Portal

रेडियो सुन्नुहोस्

जिल्लामै खुले कापी उद्योग, दर्जनौले पाए रोजगारी

बिबश जि.एम२०८० असोज ३०
१०१८ पटक
२०८० असोज ३०

प्यूठान जिल्लामा सञ्चालित कापी उद्योगका सञ्चालकले जिल्लामा उत्पादन भएको कापीलाइ प्राथमिकता दिन ग्रहाकलाई आग्रह गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका अनुसार जिल्लामा सञ्चालनमा आएको तीन वटा कापी उद्योग मध्ये हाल २ वटा उद्योग सञ्चालनमा छन् ।

प्यूठान नगरपालिका ४ बिजुवार स्थित स्वर्गद्धारी कापी उद्योगले विगत ९ बर्ष अघिदेखि उद्योग सञ्चालन गर्दै आएको छ । कापी उद्योगका सञ्चालक अष्कर भण्डारीका अनुसार उद्योग सञ्चालन गर्न ६५ लाख लगानी गरिएको थियो । सो लगानीको कारोबार हाल २ करोड भन्दा बढि भएको भण्डारीले बताए । उद्योगबाट बार्षिक ९ लाख रुपैयाँ आम्दानी गर्दै आएको भण्डारी बताउँछन् । स्वर्गद्धारी कापी उद्योगमा प्रत्यक्ष तर्फ ३ महिला र ७ पुरुष गरि १० जनाले रोजगारी पाएका छन् । स्वार्गद्धारी कापी उद्योगले छिमेकी जिल्ला रोल्पा र गुल्मीमा पनि निर्यात गर्ने गरेको छ ।

यस्तै प्यूठान नगरपालिका २ का सुवास खड्काले पनि कापी उद्योग सञ्चालन गर्दै आएका छन् । उनले ३० लाखको लगानीमा २०७३ चैत ६ गते उद्योग स्थापना गरेका हुन् । अहिले उद्योगबाट बार्षिक ५० लाखको कापी बिक्री हुँदै आएको सञ्चालक खड्काले बताए । खड्काको उद्योगमा अहिले २ जना पुरुषले रोजगार पाएका छन् । ६ जना सदस्य रहेको खड्का परिवार यहि उद्योगको कमाइले धानिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...