News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनको अवसरमा डाक्टर प्रमिलाले दिइन् धरम्पानी स्वास्थ्य चौकीलाइ वाटर डिस्पेन्सर

बोम बहादुर परियार२०८० कार्तिक ३
५४४ पटक
२०८० कार्तिक ३

जन्मदिनको अवसरमा धरम्पानी स्वास्थ्य चौकीलाइ वाटर डिस्पेन्सर उपलब्ध गराईएको छ ।
शुक्रवार प्यूठान अस्पतालका प्रमुख एवं लायन्स क्लब अफ भित्रीकोटका सदस्य डाक्टर प्रमिला खनालले जन्मदिनको अवसर पारी मल्लरानी गाउँपालिका ३ चुँजाठाटीमा रहेको धरम्पानी स्वास्थ्य चौकीलाइ वाटर डिस्पेन्सर हस्तान्तरण गरेकी हुन ।

स्वास्थ्यचौकीमा आउने विरामीहरुको अवस्थालाई मध्यनजर गर्दै वाटर डिस्पेन्सर मेसिन उपलब्ध गराएको डाक्टर खनालले वताइन ।
विरामीहरुले उक्त मेसिनबाट शुद्ध तातो चिसो पानी आवश्यकता अनुसार निकालेर प्रयोग गर्न सक्नेछन् । स्वास्थ्यचौकीमा मेसिनको अभाव भएको हुँदा उनले जन्मदिनको अवसरमा उपलब्ध गराएको वताइन ।


वाटर डिस्पेन्सर हस्तान्तरण कार्यक्रममा मल्लरानी गाउँपालिका ३ का वडाध्यक्ष नोमराज पौडेल, लायन्स क्लब प्यूठानका रिजन चियर पर्सन एवम प्यूठान नगरपालिकाका पूर्व मेयर अर्जुन कुमार कक्षपती , प्यूठान अस्पतालका हाडजोर्नी तथा नसारोग विसेषज्ञ डाक्टर राजेन्द्र पौडेल ,लायन्स क्लब प्यूठानका सदस्य पुर्ण गमाल , पत्रकार दिपा पौडेल , स्वास्थ्यचौकीका प्रमुख टुकाराम पोख्रेल र सस्थाका कर्मचारी, स्थानीय समाजसेवी एबम धरम्पानी स्वास्थ्य सस्थाका जग्गादाता लेखनाथ पौडेल लगायतको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...