News Portal

रेडियो सुन्नुहोस्

भाडादर समायोजन गर्न यूवा संगठन नेपाल जिल्ला समिति प्यूठानको आग्रह

बिबश जि.एम २०८० मंसिर ७
४७५ पटक
२०८० मंसिर ७

यूवा संगठन नेपाल जिल्ला समिति प्यूठानले जिल्लाबाट काठमाडौं लगायत अन्य जिल्लामा संचालन हुने यातायातका साधनमा भाडादर समायोजन गर्न अनुरोध गरेको छ । यात्रुको चाप भएको कारण देखाउँदै यात्रुहरुबाट यातायात व्यवसायीले बढि भाडादर असुलेको भन्दै आफ्नो ध्यानाकर्षण गराएको संगठनले बताएको छ ।

बिहिबार यूवा संगठन नेपालले एक प्रेस विज्ञप्ती जारी गर्दै यातायात व्यवसायीले तोकेको भन्दा बढि भाडादर लिइरहेको र विगतका दिनमा पनि यस्तो जनगुनासो धेरै आएको भन्दै मनपरितन्त्र नगर्न सूचना मार्फत जानकारी गराएको हो । साथै यस्ता खाले कार्य तत्काल रोक्ने पनि सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

संगठनले यदि यस्ता गतिविधि नरोकिएको खण्डमा वा सोही क्रियाकलाप दोहोरिएमा चक्काजाम, कार्यालय तालाबन्दी देखि सशक्त संघर्षका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...