News Portal

रेडियो सुन्नुहोस्

२८औं राष्ट्रिय बालसाहित्य सम्मेलन २०८० प्यूठानमा सुरु

बिबश जि.एम२०८० मंसिर ९
७९३ पटक
२०८० मंसिर ९

२८औं राष्ट्रिय बालसाहित्य सम्मेलन २०८० प्यूठानमा सुरु भएको छ । नेपाल बालसाहित्य समाजको अयोजनामा शनिबार देखि प्यूठानको बाग्दुलामा सम्मेलन सुरु भएको हो । बिहान ७ बजे मल्लरानी गाउँपालिका ४ खलंगामा प्रभात फेरी सोही दिन विहान आज बाग्दुलामा सम्मेलनको उद्घाटन गरिएको छ । सम्मेलनमा पुस्तक समिक्षा प्रशिक्षण, कथा लेखन प्रशिक्षण, अभिनय प्रशिक्षण, निबन्ध लेखन प्रशिक्षण, चित्रकला प्रशिक्षण, नृत्य प्रशिक्षण, कथाबाचन प्रशिक्षण र कविता लेखन प्रशिक्षण गरि ८ विधाका कार्यक्रम फरक फरक कोठामा भइरहेको छ ।

नेपाल बालसाहित्यका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापा क्षेत्री, विशेष अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी, अतिथिहरुमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के के कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद सदस्य डा. कौशिला रिसाल, प्रतिष्ठानकै प्राज्ञ सदस्य इशाबति कुर्मी, प्राज्ञ सदस्य बुँद राना, बरिष्ठ पुस्तकालयबिद इन्दिरा बली, नेवासासका पूर्व अध्यक्ष तथा सल्लाहकार तेज प्रकाश श्रेष्ठ, यसैगरी प्रा। धुव्रकुमार घिमिरे, सिर्जना शर्मा, राधेश्याम लेकाली सहित ४० भन्दा बढी सािहत्य सर्जकहरुको उपस्थिति रहेको थियो । बाल साहित्य समाजका महासचिव बिजयराज आचार्यले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य स्थानीय आयोजक समिति संयोजक बिमला खनालले गरेकी थिइन् । साथै कार्यक्रममा १ दर्जन बढि पुस्तकहरु बिमोचन समेत भएको छ ।

प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापा क्षेत्रीले साहित्यमा महिला पनि अब्बल भएर अघि सरेको प्रसशां गर्र्दै महिलाहरु घरको काम धन्दामा मात्र सिमित नहुने बताएका छन् । शनिबार प्यूठानका बाग्दुलामा २८औं राष्टिय बालसाहित्य सम्मेलनको उदघाटन गर्दै सासंद थापाले यस्तो बताएका हुन् । बिमला खनाल र राजकुमारी कवरले विद्यालय शिक्षिका सँगै साहित्यलाई पनि अगांलेकोमा पुस्तकहरुको बिमोचन गर्दै सासंद थापाले उनीहरुलाई बधाई दिदै महिलाहरुले पनि अवसर पाए केही गर्न सक्छन् भन्ने उदाहरण बनेको चर्चा गरेका छन् । फरक प्रसगंमा सासंद थापाले अहिले निराशा र नकारात्मक खेती बढिरहेको भन्दै भएका कामलाई पनि नदेख्ने तथा निन्दा र भत्र्सनाको पार्टी भएको बताए । नकारात्क कुराले सधै व्यवस्थामा असर पुग्ने भन्दै नकारात्मकको निन्दा बन्द गर्नुपर्ने उनको भनाई थियो ।

प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगिले बालसाहित्य कार्यक्रमले नयाँ आयाम, नयाँ उचाई र प्यूठान जिल्लाको साहित्य क्षेत्रको परिधिलाई पनि अझ खुकुलो बनाउन सहयोग पुग्ने बताए । आज देशको राजनितिक, आर्थिक, सामाजिक र साहित्यीक सबै क्षेत्रमा राजनितिले चरित्रको विकास गरेको उल्लेख एउटा नागरिकको हैसियतले र विभिन्न तहमा भएका विशिष्ट व्यक्तिको हैसियतले सकारात्मक चरित्रमा बदल्न पर्ने सबैको साँझा र नैतिक दायित्व सिर्जना भएको बताएका छन् ।

त्यस्तै बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले बच्चाबच्चीलाई जसरी खानपिनमा ध्यान पु¥याएको हुन्छौ त्यसरी नै पुस्तक पठनमा पनि विशेष ख्याल राख्न् आग्रह गरे । अहिलेको समयमा बालबालिकालाई विद्यालयको पठनपाठनले मात्र नपुग्ने भएकाले बाहिरी कुरामा पनि सक्रिय बनाई राख्न सुझाब दिएका छन् । साथै उनले परिक्षामा मात्र होइन जिवनको परिक्षामा समेत सफल हुने गरि अघि बढ्नुपर्ने आवश्यकता औल्याएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...